रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित | Khabarhub Khabarhub

रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेलमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेता रेशम चौधरी हस्ताक्षरका लागि निर्वाचन आयोगमै उपस्थित भएका छन् । जसपा विवाद निरूपणका लागि भइरहेको हेड-काउन्टमा उनी आयोगमै पुगेर सहभागी भएका हुन् ।

यसअघि उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले आयोगमै उपस्थित हुने अडान लिएका थिए । त्यसपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको थियो ।

आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगमा बोलाएको थियो । उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु आयोगमा पुगेर हस्ताक्षर गरेका छन् ।

हालसम्म यादव पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाको हस्ताक्षर पुगेको बताइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : २९ बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार