कानूनमा भएको मानव बेचबिखनसम्बन्धी परिभाषा संशोधन गर्न जोड | Khabarhub Khabarhub

कानूनमा भएको मानव बेचबिखनसम्बन्धी परिभाषा संशोधन गर्न जोड


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरोकारवालाहरुले मानव बेचबिखन तथा ओसारपसार ऐनमा गरिएको बेचबिखनसम्बन्धी परिभाषालाई संशोधन गरिनुपर्नेमा जोड दिएका छन् ।

महिला, कानून र विकास मञ्चले सोमबार काठमाडौँमा आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षा र मानव बेचबिखन’ विषयक छलफल कार्यक्रममा उनीहरुले अन्तरराष्ट्रिय कानूनअनुसार मानव बेचबिखन तथा ओसारपसार ऐनमा गरिएको बेचबिखनसम्बन्धी परिभाषालाई संशोधन गरिनुपर्नेमा जोड दिएका हुन् ।

ऐनको प्रावधान अन्तरराष्ट्रिय कानूनसँग मेल नखाने भएकाले सुपुर्दगी एवं कारवाही प्रक्रियामा असहजता आई कार्यान्वयन हुन नसक्ने हुँदा संशोधन गरिनुपर्ने उनीहरुको भनाइ छ ।

ऐनमा ठगी हुने व्यवस्था गरिए पनि कारवाहीको प्रावधान नराखी जरिवाना मात्र गर्ने कानून बनाइएकाले पीडितले न्याय पाउन नसकेको मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताए । संयुक्तराष्ट्र सङ्घका सदस्य भएका १९३ वटै देशका दायित्व र प्रतिबद्धताको कार्यान्वयन अवस्थालाई वार्षिकरुपमा समीक्षा गर्ने गरिएको र साढे चार वर्षमा प्रत्येक देशको समीक्षाको पालो आउने उनले बताए ।

यसरी गरिएको समीक्षाका क्रममा मानव बेचबिखन तथा ओसारपसारका सन्दर्भमा नेपालको ऐनमा गरिएको बेचबिखनको परिभाषा अन्तरराष्ट्रिय कानूनअनुसार मेल नखाएको भनी सरकारलाई संशोधन गर्न ध्यानाकर्षण गराइएको मञ्चले जनाएको छ ।

सन् २०११ देखि एक दशकको अवधिमा तीनपटक नेपालको प्रतिवेदनका विषयमा छलफल भइसकेको कार्यक्रममा जानकारी गराइएको छ । नेपालको कानूनमा वैदेशिक रोजगार र मानव बेचबिखनलाई एउटै भन्ने जस्तो गरी प्रस्तुत गरिएकामा सदस्य देशले टिप्पणीसहितको सुझाव दिँदै आएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : १५ बजे

कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई

‘असाधारण अवस्थामा जिम्मेवारी पाएँ, प्रहरीको मनोबल उठाउन काम गर्छु’

काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बिहीबार

पोर्चुगलमा कामदार भिसा बन्द : ठगी धन्धाबाट बच्न अनुरोध

लिस्बन– पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका

कागती खेतीबाट मनग्य आम्दानी

गण्डकी– कृषि कर्ममा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु

प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (तस्बिरहरू)

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दान बहादुर कार्कीलाई दर्ज्यानी चिन्हबाट