एकवर्ष अघि यादवको पार्टी जोगाइदियौँ, अहिले उनैले विभाजन गराए : राजेन्द्र महतो « Khabarhub

एकवर्ष अघि यादवको पार्टी जोगाइदियौँ, अहिले उनैले विभाजन गराए : राजेन्द्र महतो


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष राजेन्द्र महतोले उपेन्द्र यादवका कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताएका छन् ।

जसपा आधिकारिता विवादका लागि निर्वाचन आयोग पुगेर सनाखत गरिसकेर प्रतिक्रिया दिँदै एकवर्षअघि उपेन्द्र यादवको पार्टी जोगाइदिएको भएपनि अहिले उनै यादवले पार्टी विभाजनतर्फ लगेको बताएका हुन् ।

उनले अहिलेको अवस्था कल्पना गरेकोभन्दा फरक रहेको बताए । उनले भने, ‘एकवर्षअघि उपेन्द्रजीको पार्टीको विभाजन भएको थियो । आज आएर एकवर्षभित्र यस्तो अवस्था आउला भनेर कल्पना गरेका थिएनौँ । दुर्भाग्यपूर्ण अवस्था आयो । दलसम्बन्धी, जनमत, जनाधारसम्बन्धी सबै जनतामा जाने हो । त्यसैले जनतामै जाने हो ।’

दल कतै नगएको र जनतामा फेरि जाने भन्दै अध्यक्ष महतोले उनले भने, ‘दल कतै गएको छैन । पार्टी जनताबाट निर्माण हुने हो । ५१ जना मात्रै दल हुने होइन । यो अवस्थाका लागि उपेन्द्रजीको पार्टी बचाइदिएको थिएन । एकताबद्ध भएर वैकल्पिक शक्ति निर्माण गर्ने, शोषण उत्पीडनमा परेको जनतालाई न्याय दिनलाई हामीले एकता गरेका थियौँ । तर त्यसको ठीकविपरीत प्राविधिक विभाजन देखाएर पार्टी टुक्र्याउन खोजियो यो दुर्भाग्यपूर्ण हो ।’

अध्यक्ष महतो नेपाल बहुलराष्ट्रिय राज्य भएको दोहोर्‍याउँदै भने, ‘बहुलराष्ट्रिय राज्य हो । नेपाल सबै नेपालीको हो । यो अभियान हो । संविधान र शासन सम्पूर्ण नेपालीका लागि बन्नुपर्छ ।’

अध्यक्ष महतोले जनताको अधिकार स्थापनाका लागि लागिरहने समेत बताएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : ३२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले