शिवालय बन्द हुँदा भक्तजन अलपत्र « Khabarhub

शिवालय बन्द हुँदा भक्तजन अलपत्र


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालय बाहिर भक्तजनको भीड लागे पनि धेरैले मन्दिरभित्र प्रवेश गरेर दर्शन एवं पूजा आराधना गर्न पाएनन् । पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि खुला नगरिएपछि भक्तजन बाहिरी क्षेत्रका शिवालयमा दर्शन एवं पूजा आराधना गरेर फर्किएका छन् ।

नयाँ भेरियन्टसहितको कोरोना महामारी कम हुँदै गएको भन्दै सार्वजनिक यातायातलगायत अन्य सबैजसो क्षेत्र खुला गरिसकिएको अवस्थामा मन्दिर पनि खुला गरिनुपर्ने भक्तजनको माग छ । साउन महिना र सोमबार शिवको महिना एवं बार भएकाले दर्शन तथा आराधनाका लागि दैनिक लाखौँ भक्तजन पशुपति क्षेत्र आउने परम्परा छ । गत वर्ष र यस वर्ष पनि साउन महिनामा पशुपतिनाथ मन्दिर नखुल्दा बाहिरबाट दर्शन गर्न बाध्य हुनुपरेको चन्द्रागिरि नगरपालिकाबाट दर्शनका लागि आएका श्यामप्रसाद भुर्तेलले सुनाए ।

पशुपतिनाथ मूल मन्दिरको दक्षिणी भागस्थित मुख्य ढोकाबाट मूलभट्ट एवं भट्टलाई भेट्न जाने जनाउँदै केही मानिस भित्रिने तर अरुलाई छिर्न नदिने गरेको अनुभव भोग्नुपरेको उनको गुनासो छ । शङ्करका मन्दिरमा पनि यस्तो व्यवहार हुँदा दुःखी हुनुपरेको पशुपति क्षेत्र आउने भक्तजनको भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरका सबै ढोका बन्द गरेर साउनमा सुन्दरीजलबाट पशुपतिनाथसम्म बोल बम काँवर यात्रासमेत स्थगन गरेको छ । कोषले यात्रा स्थगन गरे पनि केही बोलबम यात्री भने सुन्दरीजलबाट सवारी साधन प्रयोग गरी जल लिएर पशुपति क्षेत्र प्रवेश गरेको देखिन्छ ।

कोषका सदस्य सचिव डा प्रदीप ढकाल मूलभट्टलाई भेट्न आउने आगन्तुक पञ्चदेवलसँगैको दक्षिणी ढोकाबाट प्रवेश गर्न दिइए पनि मूल मन्दिरमा प्रवेश गर्न सुरक्षाकर्मीले रोकेको बताउँछन् ।

आइतबारदेखि बढी भीडभाड हुने मन्दिरलगायत क्षेत्रका लागि १० ठाउँमा निषेधाज्ञा थपिएकाले पनि साउनभर नै मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको उनले बताए ।

पशुपतिनाथ मन्दिर गत वैशाख पहिलो सातादेखि नै भक्तजनका लागि बन्द गरिएको थियो । त्यसैबेलादेखि विशेष पूजा पनि रोकिएको छ । मूल मन्दिरमा साउनमा प्रत्येक वर्ष हुने अन्य पूजा भने जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १० : ४५ बजे

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा