प्रदेश सरकार परिवर्तनको कुरा निराधार हो : मुख्यमन्त्री भट्ट « Khabarhub

प्रदेश सरकार परिवर्तनको कुरा निराधार हो : मुख्यमन्त्री भट्ट


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको नेतृत्व परिवर्तनको कुरा निराधार भएको बताएका छन् । उनले अहिले सरकारको नेतृत्व परिवर्तन गर्ने बेला नभएको बताए ।

उनले भने, “प्रदेश सरकार तथा नेतृत्व परिवर्तनको कुनै कुरा उठेको छैन, सरकार परिवर्तनको हल्ला निराधार हो ।” पछिल्लो समय प्रदेशका कैलालीलगायत जिल्लामा पुनःकोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएकाले आफूहरु रोकथाम तथा नियन्त्रणमा बढी केन्द्रित भएको बताए ।

उनले भने, “हामी हाम्रो प्रदेशमा कसरी कोरोना नियन्त्रण तथा रोकथाम गर्ने भन्ने प्रयासमा छौँ । काम नपाएकाहरु सरकार परिवर्तन हुँदैछ भन्ने हल्ला फिँजाउँदैछन् ।”

साथै मुख्यमन्त्री भट्टले सरकार परिवर्तन हुने भन्ने निराधार हल्ला तथा भ्रमका पछि नलाग्न र विकासका योजना तथा महामारी नियन्त्रणका क्षेत्रमा लाग्न सबैमा आग्रह गरे ।

उनले अहिले देशकै राजनीतिक समीकरण परिवर्तन भएकाबेला प्रदेश सरकार हेरफेर भए पनि नौलो कुरा नहुने जानकारी दिए । दुई तिहाइको सङ्घीय सरकार आफ्नै कारणले विघटन भए पनि सुदूरपश्चिम सरकारले एमालेसँगको गठबन्धन प्राथमिकतामा राखेको र यो कुनै पनि हालतमा नटुट्ने उनले जिकिर गरे ।

अन्य प्रदेश सरकारभन्दा कम काम नगरेको जनाउँदै मुख्यमन्त्री भट्टले देशमा सुशासन, जनआकाङ्क्षाको सम्बोधन, भौतिक तथा सामाजिक विकासलगायत सूचकमा दोब्बर वृद्धि गरेको बताए ।

यहाँका अधिकांश जिल्ला सदरमुकाम जोड्ने सडक कालोपत्र नभएका बेला गठन भएको प्रदेश सरकारले तीन वर्षभित्रै प्रत्येक जिल्लाका पालिका जोड्ने सडक कालोपत्र गर्न सफल भएको र कतिपय यहाँका धार्मिक, पर्यटकीय क्षेत्रका सडकसमेत कालोपत्रको तयारीमा रहेको उनको जिकिर थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ९ : १५ बजे

भारतमा कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक