माओवादीद्वारा बाढी प्रभावित तीन पालिकालाई ६७ लाख सहयोग « Khabarhub

माओवादीद्वारा बाढी प्रभावित तीन पालिकालाई ६७ लाख सहयोग


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– बाढी प्रभावित यहाँका तीन पालिकालाई नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशले आर्थिक सहयोग गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको विशेष पहलमा तीन पालिकालाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

प्रदेशभित्र माओवादी केन्द्रले नेतृत्व तथा प्रतिनिधित्व गरेका स्थानीय तहबाट सङ्कलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको थापाले जानकारी दिए ।

दुई पालिका हेलम्बु र मेलम्चीलाई रु २३ लाख २९ हजार ९९९ का दरले र पाँचपोखरी थाङपाललाई रु २० लाख २९ हजार ९९९ हस्तान्तरण गरिएको हो । प्रदेश कमिटिका अध्यक्ष नारायण दाहालले विपत्तिमा अहिलेका लागि यो सहयोग गरिएको जनाउँदै क्षतविक्षत भएका प्रभावित स्थानीय तहलाई पुनःहराभरा बनाउन केन्द्रमा पनि पहल गर्ने बताए ।

नेता सापकोटाले बाढीग्रस्त क्षेत्र मेलम्ची र हेलम्बुमा तत्काल दुई बेलिब्रिज बनाउन पहल भइरहेको र अर्थ मन्त्रालयबाट पुल निमार्णका लागि निर्देशन आइसकेको जानकारी गराए ।

कार्यक्रममा प्रभावित पालिकाबाट प्रतिनिधित्व गर्दै मेलम्चीका नगर प्रमुख डम्बर अर्यालले विपद्का बेला सहयोग गरेकामा माओवादी नेतृत्वलाई धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ९ : ४५ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु