२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार २४० जनाको पीसीआर परीक्षणबाट २ हजार ३९१ र ५ हजार ३२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३० जना गरी जम्मा ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ६८६ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १७, उदयपुरमा ७, ओखलढुंगामा ३, खोटाङमा ५,  झापामा ३१४,  ताप्लेजुङमा ३, तेह्रथुममा २,  धनकुटामा २१, पाँचथर ३,  भोजपुरमा ३,  मोरङमा १२०,  सोलुखुम्बुमा ६ र सुनसरीमा १०६ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ९, पर्सामा २, बारामा २, महोत्तरी ३, रौतहटमा ७ सप्तरीमा ६, सर्लाहीमा ९ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ६७७, काभ्रेमा ३०, चितवनमा ९८, दोलखामा २, धादिङमा ‍६१, नुवाकोटमा २९, भक्तपुरमा १२५, मकवानपुरमा ८४, रसुवा ४, रामेछापमा २१, ललितपुरमा १९७, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ३० जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६२, गोरखामा ८, तनहुँमा ५, नवलपरासी पूर्वमा १०५, पर्वतमा २, मुस्ताङमा २, लमजुङमा ६, म्याग्दीमा १,  बागलुङमा १८ र स्याङजामा ५ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १४, कपिलवस्तुमा ७, गुल्मीमा ८, दाङमा १६, नवलपरासीमा ११, पाल्पामा १२, प्युठानमा ३, बर्दियामा ४, बाँकेमा ८, रोल्पामा ६ र रुपन्देहीमा ५३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा १, मुगुमा १, रुकुम पश्चिम १,  सल्यानमा १ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा २, कैलालीमा ५, डडेल्धुरामा ३,  बझाङमा १ र बैतडी १ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ५ : ४३ बजे

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय