गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेटवार्ता « Khabarhub

गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेटवार्ता


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच शिष्टाचार भेटवार्ता  भएको छ ।

आज मन्त्रालयमै पुगेर राजदूतले बेरीले द्विपक्षीय हित र चासोका विषयमा मन्त्री खाँणसँग छलफल गरेका हुन् । भेटका क्रममा राजदूत बेरीले मन्त्री खाँणलाइ बधाई दिदै नेपाल–अमेरिका दुई देशको सम्बन्ध सुदृढ रहनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

भेटका क्रममा राजदूत बेरीले नेपाललाई थप खोप आवश्यक रहेको र सहयोगलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने आश्वासन समेत दिएका छन् ।

जवाफमा मन्त्री खाँणले सरकारको प्रमुख प्राथमिकता जनतालाई महामारीबाट बचाउने र खोप उपलब्ध गराउनुका साथै प्रजातान्त्रिक प्रक्रियालाई सुदृढीकरण गर्ने रहेको बताए ।

भेटका क्रममा मन्त्री खाँणले कोरोना विरुद्धको लडाइँमा अमेरिकाले गरेको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गरेको मन्त्री खाँणको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ५ : ५९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले