गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेटवार्ता | Khabarhub Khabarhub

गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेटवार्ता


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच शिष्टाचार भेटवार्ता  भएको छ ।

आज मन्त्रालयमै पुगेर राजदूतले बेरीले द्विपक्षीय हित र चासोका विषयमा मन्त्री खाँणसँग छलफल गरेका हुन् । भेटका क्रममा राजदूत बेरीले मन्त्री खाँणलाइ बधाई दिदै नेपाल–अमेरिका दुई देशको सम्बन्ध सुदृढ रहनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

भेटका क्रममा राजदूत बेरीले नेपाललाई थप खोप आवश्यक रहेको र सहयोगलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने आश्वासन समेत दिएका छन् ।

जवाफमा मन्त्री खाँणले सरकारको प्रमुख प्राथमिकता जनतालाई महामारीबाट बचाउने र खोप उपलब्ध गराउनुका साथै प्रजातान्त्रिक प्रक्रियालाई सुदृढीकरण गर्ने रहेको बताए ।

भेटका क्रममा मन्त्री खाँणले कोरोना विरुद्धको लडाइँमा अमेरिकाले गरेको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गरेको मन्त्री खाँणको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ५ : ५९ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध