एमाले एकताको विकल्प छैन, नेपाललाई ओलीसरहको जिम्मेवारी असम्भव : रघुवीर महासेठ « Khabarhub

एमाले एकताको विकल्प छैन, नेपाललाई ओलीसरहको जिम्मेवारी असम्भव : रघुवीर महासेठ


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले पार्टीमा बराबरको दुई अध्यक्ष हुन नसक्ने बताएका हुन् । अहिले माधव नेपाललाई अध्यक्ष दिनेगरी पावर शेयरिङमा छलफल भइरहेको भनेर बाहिर चर्चा भएपनि त्यस्तो कुनै सम्भावना नभएको उनले बताए ।

नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलो/चाँडो एकता भई छाड्ने पनि दाबी गरे । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको संवैधानिक इजलाशले हालै दिएको फैसलाप्रति आफूहरुको रिजर्भेशन रहेको भएपनि आत्मासात् गरिएको बताए ।

नेता महासेठले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको दुई हप्ता बितिसक्दा पनि अझैसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा प्रधानमन्त्रीको आलोचना गरे ।

 

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ६ : ३० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले