मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ सम्वृद्धि बचत खाता’,मासिक ५.२५ प्रतिशत ब्याज | Khabarhub Khabarhub

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ सम्वृद्धि बचत खाता’,मासिक ५.२५ प्रतिशत ब्याज


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरुका लागि ‘मुक्तिनाथ सम्वृद्धि बचत खाता’ ल्याएको छ।

बैंकले सोमबार विज्ञप्ति जारी गर्दै उक्त खाता निक्षेपकर्ताहरुलाई र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सम्वृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको जानकारी दिएको हो।

ग्राहकहरुले मात्र रु. १०० को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने बैंकले जानकारी दिएको छ।

साथै पहिलो वर्षको लागि निःशुल्क मोबाइल बैंकिङ्ग तथा निःशुल्क इन्टरनेट बैंकिङ्ग को सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैँकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ।

यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : २२ बजे

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट