प्रोग्रेसिभ फाइनान्सद्वारा ‘ऋण अटोमेसन’ प्रणाली शुरु « Khabarhub

प्रोग्रेसिभ फाइनान्सद्वारा ‘ऋण अटोमेसन’ प्रणाली शुरु


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रोग्रेसिभ फाइनान्स लिमिटेडले एसबी सल्युसन प्रालिको भगिनी संस्था डिजिहब प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ।

यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने कम्पनीले जनाएको छ। प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईं र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन्।

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन्। यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्‍याउनेछ।

यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ। प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्ने कम्पनीको भनाइ छ। ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ।

यो स्वायत्त सिस्टम, प्रणालीले सञ्चालित ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ। यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन्।

प्रोग्रेसिभ फाइनान्स, राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त संस्था हो। संस्थाका लगभग १ लाखभन्दा बढी ग्राहक रहेका छन् र देशभरि १५ भन्दा बढी शाखाहरु रहेका छन्।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : २६ बजे

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै