करण चौधरीले गरे नाडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा | Khabarhub Khabarhub

करण चौधरीले गरे नाडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्। चौधरी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष छन्।

नाडा सातवटै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दह्रिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेदवारी दिएको उनको भनाइ छ।

अटोमोबाइल व्यवसाय सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगारी प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउन सरकारको नीतिगत रुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने उद्देश्य रहेको बताए।

कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोबाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको उनको भनाइ छ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ६ : ३८ बजे

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी