आरोप-प्रत्यारोप अन्त्य गर्दै पार्टी एकतामा जोड दिने नेपाल पक्षको निर्णय « Khabarhub

आरोप-प्रत्यारोप अन्त्य गर्दै पार्टी एकतामा जोड दिने नेपाल पक्षको निर्णय


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।

सोमबार काठमाडौँमा बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यको बैठकले आरोप-प्रत्यारोप अन्त्य गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

उनले मूल कुरा पार्टीको एकता नै भएको भन्दै आपसी मतभेदलाई हटाउँदै एकताका लागि गम्भीरतापूर्वक लाग्ने बताए ।

आफूहरुको गतिविधि र कामकारवाहीहरुले एकताको वातावरण भत्काउने काम नहुनेमा बैठकले जोड दिएको उनको भनाइ छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र संसदलाई पूर्णकालसम्म सञ्चालन गर्ने विषयमा पनि छलफल भएको पन्तले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ६ : ३८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले