पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने | Khabarhub Khabarhub

पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् ।

४६ वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो ।

काठमाडौँ किंग्स–११ ले आज कार्यक्रमको आयोजना गरी पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट प्रतियोगिता, ३९८ एकदिवसीय तथा ९९ टी–२० क्रिकेट प्रतियोगिता खेलेका थिए । सो क्रममा उनले टेष्टमा एक हजार ७१६, एकदिवसीयमा आठ हजार ६४ तथा टी–२० मा एक हजार ४१६ रन बनाएका छन् ।

यस्तै उनले टेष्ट प्रतियोगितामा ४८, एकदिवसीयमा ३९५ तथा टी–२० मा ९८ विकेट लिएका थिए ।

अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि सन् २०१८ सम्म खेलेका थिए । उनले अफ्रिदीले विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसेका छन् । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुने तय भएको चौंथो संस्करणको इपीएलमा ६ टोलीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

इपीएलमा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौँ किङ्स–११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : ४५ बजे

विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए

काठमाडौं – हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका

निर्वाचनको तयारी : राजनीतिक दलसँग छलफल गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले बिहीबार राजनीतिक दलसँग छलफल गर्दैछ । सरकारले

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु : बबई आयोजनाका ६ वटा ठेक्का तोडिंदै

काठमाडौं – ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र

अधिकारीलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’

लन्डन – डा. रमेश अधिकारी ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’बाट सम्मानित

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार