काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतको दाबी « Khabarhub

काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतको दाबी


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिका र बेलायतले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको दाबी गरेका छन् ।

दुवै मुलुकले बुधवार अबेर जारी गरेको सूचनामा विमानस्थल तथा त्यसआसपासमा तत्काल नजान आग्रह गरिएको छ । सूचनामा त्यहाँ रहेकाहरुलाई पनि सम्भव भएसम्म बाहिर जान भनिएको छ ।

आफूलाई इस्लामिक स्टेटका रूपमा चिनाउँदै आएका अतिवादी समूहले पार्न सक्ने खतराबारे अमेरिकी राष्ट्रपति जो बाइडनले चर्चा गरेको २४ घण्टापछि अमेरिका र बेलायतले असुरक्षाबारे सूचना जारी गरेका हुन् ।

भिडभाडयुक्त विमानस्थलमा खटेका सैन्य कमान्डरहरू आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको बताइएको छ । तालिबानले विमानस्थल पुग्ने सबै बाटो बन्द गरिसकेको पनि जनाइएको छ ।

काबुल विमानस्थलको सुरक्षामा करिव ६ हजार अमेरिकी सैनिक र १ हजारभन्दा बढी ब्रिटिस सैनिक खटिएका छन् ।

काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारणहरू प्रतीक्षारत छन् । १० दिन अघि तालिबानले नियन्त्रणमा लिएको काबुलबाट ८२ हजारभन्दा बढीलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ । मानिसहरूको उद्धार र बिदशी सेनालाई अगस्ट ३१ भित्र फिर्ता हुन तालिबानले समयसीमा दिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ७ : ५५ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख