चिम्पान्जीले पनि गर्छ अभिवादन | Khabarhub Khabarhub

चिम्पान्जीले पनि गर्छ अभिवादन


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मान्छेको सभ्यताको सुरुवात कहिले भयो ? या मान्छे आजको अवस्थासम्म कसरी आइपुग्यो ? हाम्रो पुर्खाबारे यस्ता जिज्ञासाहरुमा अनुसन्धान अझै जारी छ र भिन्न तथ्यहरू फेला पर्ने गरेका छन् । मान्छेको उत्पत्ति कसरी भयो भन्ने धरै टाढाको कुरा हो । मान्छेको आधुनिक सभ्यताको विकास पाँच हजार वर्ष पुरानो हो भन्ने मत धेरैको छ ।

पूर्वजबाट अहिलेको स्वरूपमा आइपुगेको मान्छेले जङ्गलमा धेरै वर्ष बिताएको थियो । अहिले बोल्ने भाषाको विकास कहिले र कसरी भएको हो भन्ने पत्ता लगाउन त शायद विज्ञानले अझ धेरै वर्षसम्म पनि लगाउन सक्छ ।

बोलीमा र भाषामा हामी आजको दिनमा हाम्रा ती सबै पुर्खाभन्दा फरक छौँ तर थुप्रै समानता अझै पनि बाँकी छन् । चिम्पान्जी र बोनबो मान्छेले जस्तै ‘गुड बाई’ भनेर छुट्ने गरेको तथ्य फेला परेको छ । प्रायः सबै एपहरूले भेट्ने र छुट्ने बेलामा अभिवादनको संकेत गर्ने गर्छन् । अध्ययनकर्ता र अन्वेषकहरूले १२ सय वटा परीक्षणमा पत्ता लगाएअनुसार उनीहरूको अभिवादनको स्वरूप लगभग मान्छेको जस्तै हुने गरेको छ ।

मानिसका पुर्खाकै स्वरूप मानिएका यी जनावर अभिवादनको क्रममा आँखा जुधाउने र आँखाबाट आफ्ना भावनाहरू व्यक्त गर्ने गर्दछन् । उनीहरू पनि इसाराका स्वरहरू निकाल्ने गर्दछन् । यो समानता चिम्पान्जी र बोनबोमा रहेका छन् । वैज्ञानिकहरूका अनुसार एपले सांकेतिक रूपमा गर्ने गरेको ‘हेलो’ र ‘गुड बाई’ त एकदमै नम्र लाग्छ ।

खेलका लागि बोनबोले ९० प्रतिशत जसो ‘हेलो’ संकेत गर्ने गरेको छ । यो दर चिम्पान्जीमा ६९ प्रतिशत रहेको छ । चिम्पान्जी र बोनबोको संकेत उस्तै रहेका कारण यिनीहरूको भाषामा पनि समानता हुन सक्ने वैज्ञानिक मत छ ।

बेलायतस्थित डर्हाम विश्वविद्यालयका अनुसन्धान कर्ता राफेल हसिनका अनुसार उनीहरूको एकबद्धताको सङ्केत मान्छेहरूले सहकार्यका लागि गरेको प्रतिबद्धता (हुन्छ भनेर टाउको हल्लाए जस्तै) हुन्छ । उनीहरूसँग लामो समय बिताएमा यस्तो खाले भाषिक संकेत धेरै कुरामा देख्न सकिन्छ । जस्तो कि सँगै खाना खाने या बाहिर कतै जाने कुरामा पनि । हसिनले हाम्रा पुर्खाहरूको अध्ययन गर्ने क्रममा यो एउटा महत्वपूर्ण फड्को भएको बताएकी छन् ।

पछिल्लो अनुसन्धानले पत्ता लगाएअनुसार उनीहरू सामूहिक भाव व्यक्त गर्नमात्र होइन, कामका विषयमा यस्तै खाले संकेत गर्छन् । जस्तै ः कतै जाने सवालमा या सुत्ने समय भयो अब सुतौँ भन्ने पनि हुन सक्छ । यस्ता अनेकौँ कुरामा उनीहरूको आफ्नै भाषा छ । एपले हरेक समय काम शुरू गर्न र सकिएपछि आपसमा आफ्ना कुरा राख्न सांकेतिक भाषा प्रयोग गर्छन् ।

एपका बारेमा यस्तै थुप्रै रोमाञ्चक तथ्य फेला परेका छन् । उनीहरू राम्रो र मिल्ने साथीसँग छोटो कुराकानी हुने गरेको भएको र वाक्यांश जस्तोमा टुङ्गिने गरेको पाइएको छ । मानिसमा जस्तै यिनीहरूमा अर्को समानता पाइएको छ । मानिसहरूले आफ्ना एकदमै निकटसँग औपचारिकताका कुरा नगरेजस्तै एपहरू पनि निकट सम्बन्ध भएका तथा एकदमै धेरै मिल्ने साथीसँग धेरै औपचारिक हुँदैनन् । हसिनले यो तथ्यपछि पछि अन्य जीवनका बारे पनि अध्ययन गर्न सहज हुने बताएकी छन् ।

यो अध्ययनअघि धेरै वैज्ञानिकको मत मान्छेबाहेक अन्य जनावरले भेट्दा र छुट्दा अभिवादन गर्दैनन् भन्ने थियो । त्यसो त धेरै जनावरबारे यस्तो अध्ययन भएको छैन । हसिनका अनुसार अन्य जनावरले भेट्दा र छुट्दा छुट्दा  ‘हेलो’ र ‘गुड बाई’ जस्तै केही गर्ने गर्छन् कि गदैनन् भन्ने अध्ययनका लागि बाटो खुलेको छ ।

धेरै वैज्ञानिकको मत मान्छेबाहेक अन्य जनावरले भेट्दा र छुट्दा अभिवादन गर्दैनन् भन्ने थियो । धेरै जनावरबारे यस्तो अध्ययन भएको छैन तर चिम्पान्जी र बोनबो हेलोगुड बाईजस्ता संकेत गर्छन् भन्ने तथ्य फेला परेको छ ।  

बेलायतको टु क्रस चिडियाघरमा बोनबोको हेरचाह गर्ने क्लेर रेडफर्नको दाबी भने फरक छ । वैज्ञानिकहरूले लामो समय लगाएर खोजतलास गरेर बाँदर खालका जीव र मान्छेको बीचमा अनुमान गरिए भन्दा धेरै बढी समानताहरू पाउन सकिन्छ ।

जङ्गलमा यिनीहरूको पहिलो भेटमा हुने सङ्केत वा भावबारे भएको अध्ययनले अन्य जीवबारे अध्ययन सहज बनाएको रेडफेर्न बताउँछिन् । उनका अनुसार अनुसन्धान गरिएका अन्य जनावरभन्दा बोनबो छरितो हुन्छ र यिनीहरू आफ्ना भाव व्यक्त गर्नमा पनि छिटा हुन्छन् । उनी बोनबोको भाषा बुझ्ने क्रममा आफू धेरै नजिक पुगेको बताउँछिन् । उनका अनुसार यो जनावरले आफ्नो कुरा भन्नुपर्दा धेरै जसो एक अर्काको हात समाएर इसारा गर्छन् वा आफ्नो शरीरको कुनै अङ्ग थिचेर कुरा राख्ने गर्छन् । रेडफर्नको दाबी के हो भने बोनबोले आँखा नजुधाई आफ्ना कुरा राख्दैन ।

त्यसो त केही चिम्पान्जीको बोली मान्छेको जस्तो रहेको भन्ने समाचार आइसकेको हो । फ्लोरिडामा पालिएको एक स्त्री चिम्पान्जीले मामा, पापा, कप लगायत शब्दको उच्चारण गर्ने गरेकी थिई ।

सन् १९६० को दशकमा मनोचिकित्सक एलेन र बेट्रक्स गार्डनरले वासो नाम दिएर एउटा चिम्पान्जी पालेका थिए । सन् १९६६ देखि २००७ सम्म चिम्पान्जी पालेकी एलेन २५० वटा चिम्पान्जीको सांकेतिक भाषा आफूले बुझेको बताउँछिन् । वासो मान्छेको भाषा बुझेर आफ्नै सांकेतिक भाषामा जवाफ फर्काउँथ्यो । त्यो भाषा एलेन बुझ्थिन् ।

यो सफलता हेरेर कोलम्बिया युनिभर्सिटीका हर्बट टेरेसले निम नाम दिएर एक चिम्पान्जी पालेका थिए । यसले कहिले पनि मान्छेको भाषा बुझ्न सकेन ।

सन् १९७८ देखि सांकेतिक भाषा सिकाउन थालिएको जान्टेक नामको चिम्पान्जी १९९७ यता एटलान्टिक चिडियाघरमा छ । यसले १५० वटा संकेत सिकेको छ । कोको नामको गुरिल्लालाई १९७२ मा संकेत सिकाउन थालियो । कोको हजार संकेत बुझ्ने र अंग्रेजी भाषा पनि बुझ्ने भएको थियो ।

न्युयोर्ककी एक प्राध्यापक क्रस्टी ग्राहमले चिम्पान्जीका ३३ सांकेतिक चिह्न नियालेर यसलाई बोनबोसँग तुलना गरिन् । यसबाटा यी दुई को एउटै सांकेतिक भाषा हुन सक्ने अनुमान भएको थियो ।

यो तथ्य फेला पार्ने बित्तिकै ग्राहमलाई अर्को अध्ययन गर्न मन लागेको थियो । के यो संकेत र मान्छेले गर्ने इशारामा पनि समानता हुन सक्छ ?

उनले पत्ता लगाएका केही तथ्य रोचक छन् । एउटा बोनबोले अर्कोको अगाडि दुई हात पसारेर राख्यो भने मेरो पाखुरोमा आइज भनेर बोलाएको हो ।  हामी मानिस पनि बच्चाहरूलाई त्यसै गर्छौं ।

यदि बोनबो वा चिम्पान्जीले बेसरी भुइँलाई आफ्नो जिउले सफा गर्दै बल लगाएर पाखुराले ठेलेमा केही चिज खोजिरहेको भन्ने बुझिन्छ । अर्को रोचक तथ्य के हो भने जङ्गलमा बोनबो र चिम्पान्जी झगडा गर्दैनन् । यी दुई बीच यौनक्रियाको तरिका भने फरक छ ।

त्यसो त मान्छेले अहिलेका स्वरूप पाउनुभन्दा ठ्याक्कै अघि के थियो भन्ने पनि अनुमानको विषय हुन सक्छ । धेरैको मतअनुसार चिम्पान्जी मान्छेको अन्तिम पुर्खा हो । अहिलेको मान्छे हुनुभन्दा ठ्याक्कै अघि चिम्पान्जी थियो । यसका धेरै आधार पनि छन् । यस कारण मान्छे र चिम्पान्जीको सांकेतिक भाषामा समानता छ ।

विज्ञानको अर्को मत के पनि हो भने अन्य जनावरको भाषाको परिमार्जित स्वरूप नै मान्छेको भाषा हो ।

अहिले हामीले देख्ने गरेको धेरै बाँदरका भाषा त बुझ्न सहज लाग्न सक्छ । बाँदरले अलार्म बजेजस्तो आवाज तीन पटक निकाल्यो भने यता कतै साप, चितुवा र चिल हुन सक्छ छ भन्ने हो ।

त्यसो भए हाम्रा पुर्खाबाट अहिलेको हाम्रो स्वरूपसम्म आइपुग्दा बोलिने र प्रस्ट बुझिने तथा व्याकरणसहितको भाषाको उत्पत्ति कसरी भयो ? यो त रहस्यकै विषय हुन सक्छ । केही आधार भने फेला परेका छन् ।

अर्को वैज्ञानिक मतका अनुसार अहिलेका हामीजस्ता मान्छे पहिला १ लाख ५० हजार देखि २ लाख वर्ष अघि दक्षिण र पूर्व अफ्रिकामा सीमित थिए । त्यो समयमा मान्छेले पनि अन्य जनावरकै संकेत प्रयोग गर्ने गरेको थियो भन्ने अनुमान छ ।

चालीस हजार वर्षअघि फूल रोप्ने चलन शुरू भएको र अन्य केही संस्कृतिको विकास भएको मत छ । अफ्रिकाबाट मान्छेहरू अन्यत्र जान थालेको भने ७० हजार वर्षअघि हो । शुरूमा संसारका सबै मानिसहरू एउटै खालको भाषा बोल्थगे भन्ने मत छ ।

थुप्रै कुरामा समानता भए पनि एप र मान्छेमा रहेको भिन्नताका कारण मान्छेले जस्तो गरेर उनीहरूले बोल्ने सम्भावना कम छ । पातलो जिब्रो र ठूलो भोकल बक्सका कारण हाम्रो जस्तो आवाज निकाल्न उनीहरूका लागि कठिन छ ।

पछिल्लो समयको वैज्ञानिक मत के हो भने हाम्रा पुर्खा मानिएका यी प्रजातिका हामीसँग धेरै समानता छन् । यो विविधता र समानताका अध्ययनले थप रहस्य पत्ता लगाउन सहज हुने छ ।  –एजेन्सीहरूको सहयोगमा

 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ८ : १० बजे

बागमती गोल्डकप फुटबल फागुनमा

काठमाडौं – सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी

उपचार अभावमा जीवनमरणको दोसाँधमा भीरबाट लडेकी विष्णुमाया

धनगढी – शनिबार बिहान भीरबाट लडेर घाइते विष्णुमाया रोकायाको थप

सूचनाको हक लोकतन्त्रको आधार हो : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार

प्रमाणीकरणका लागि सरकारले राष्ट्रपतिकहाँ पठायो तीन अध्यादेश

काठमाडौं– सरकारले शुक्रबारको मन्त्रिपरिषद्वारा पारित तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलकहाँ

दूरसञ्चार कम्पनीको वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ बोनस पारित

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको