चोरी भएको स्कूटर ट्राफिकको नियन्त्रणमा « Khabarhub

चोरी भएको स्कूटर ट्राफिकको नियन्त्रणमा


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले गोकर्णेश्वरबाट स्कूटर चोरीमा संलग्न १ जनालाई स्कूटर चोरी गरी भाग्दै गर्दा पक्राउ गरेको छ ।

महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बा ७० प ५०५३ नम्वरको हरियो रंङको डिओ स्कूटर लिई हिडिरहेको अवस्थामा गोकर्णेश्‍वरको अर्यालगाउँबाट चालकसहित नियन्त्रणमा लिएको ट्राफिक महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलका अनुसार पक्राउ पर्नेमा सिरहा कर्जना नगरपालिका वडा नं. २ भुल्के घर भई काठमाडौँ गौरीघाट बस्ने वर्ष २४ को अर्पण महत रहेको महाशाखाले जनाएको छ ।

स्कूटर धनी काभ्रे पाँचखाल घर भई गोकर्णेश्‍वर नयाँबस्ती बस्ने प्रविन श्रेष्‍ठले ९ गतेजानकारी दिएका थिए भने सोही सुचनाको आधारमा खोजतलास गर्दा फेला परेको प्रहरीले जनाएको छ ।

स्कूटर धनी श्रेष्ठको निवेदनका आधारमा स्कूटर सहित मानिसलाई थप अनुसन्धान एव कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १२ : ३९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना