दुई दिन लगातार घटेको शेयर बजारमा आज सुरुदेखि नै हरियाली « Khabarhub

दुई दिन लगातार घटेको शेयर बजारमा आज सुरुदेखि नै हरियाली

जीवन लघुबित्तका शेयरधनी मालामाल


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो साताको कारोबार भएको पहिलो दिन मंगलबारदेखि लगातार घटेको शेयर बजार कारोबार हुने साताको अन्तिम दिन विहीबार भने बजार खुलेदेखि लगातार बढिरहेको छ । यो साताको तीन दिन जलविद्युत समूहको शेयर भएको लगातार गिरावट विहीबार भने उकालो लागेको छ । बिहान ११ बजे बजार खुलेपछि हरियाली आएको बजारमा दिउँसो १ बजेसम्म पनि हरियाली यथावत छ ।

विहीबार दिउँसोसम्म १ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ भने अन्य दुई कम्पनी पनि सकरात्मक सर्किट नजिक पुगेका छन् ।

विहीबार गुह्वेश्वरी मर्चेन्ट बैंकिङ तथा फाइनान्सको शेयरमा सकरात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयर मूल्य विहीबार ७०२.२ रुपैयाँ पुगेको छ । यस्तै जीवन लघुबित्त र खानीखोला जलविद्युत सकरात्मक सर्किट नजिक पुगेका छन् । जीवन लघुवित्तको शेयर मूल्य विहीबार ५१९८.९० रुपैयाँ पुगेको छ । विहीबार दिउँसोसम्म नेप्से १०.४ अंकले बढेको छ भने सेन्सेटिभ इन्डेक्स २.२१ अंकले बढेको छ ।

यसअघि बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको थियो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अंकले घटेर तीन हजार ७६.४४ मा ओर्लेको थियो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ विन्दुले घटेर ५६७.९९ मा ओर्लेको थियो ।

यस्तै यो साताको पहिलो दिन मंगलबार कारोबार हुँदा शेयर बजारमा गिरावट आएको थियो । मंगलबार शेयर बजार ५५ दशमलव ८९ अंकले घटेर ३,१२५ दशमलव ०१ को विन्दुमा कायम भएको थियो ।

मंगलबार ३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज फाइनान्स कम्पनी र निर्जीवन बीमा समूह बाहेक सबै उपसूचक घटेका थियो ।

मंगलबार दिनभरिमा २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १२ : ५२ बजे

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम