दुई दिन लगातार घटेको शेयर बजारमा आज सुरुदेखि नै हरियाली « Khabarhub

दुई दिन लगातार घटेको शेयर बजारमा आज सुरुदेखि नै हरियाली

जीवन लघुबित्तका शेयरधनी मालामाल


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो साताको कारोबार भएको पहिलो दिन मंगलबारदेखि लगातार घटेको शेयर बजार कारोबार हुने साताको अन्तिम दिन विहीबार भने बजार खुलेदेखि लगातार बढिरहेको छ । यो साताको तीन दिन जलविद्युत समूहको शेयर भएको लगातार गिरावट विहीबार भने उकालो लागेको छ । बिहान ११ बजे बजार खुलेपछि हरियाली आएको बजारमा दिउँसो १ बजेसम्म पनि हरियाली यथावत छ ।

विहीबार दिउँसोसम्म १ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ भने अन्य दुई कम्पनी पनि सकरात्मक सर्किट नजिक पुगेका छन् ।

विहीबार गुह्वेश्वरी मर्चेन्ट बैंकिङ तथा फाइनान्सको शेयरमा सकरात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयर मूल्य विहीबार ७०२.२ रुपैयाँ पुगेको छ । यस्तै जीवन लघुबित्त र खानीखोला जलविद्युत सकरात्मक सर्किट नजिक पुगेका छन् । जीवन लघुवित्तको शेयर मूल्य विहीबार ५१९८.९० रुपैयाँ पुगेको छ । विहीबार दिउँसोसम्म नेप्से १०.४ अंकले बढेको छ भने सेन्सेटिभ इन्डेक्स २.२१ अंकले बढेको छ ।

यसअघि बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको थियो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अंकले घटेर तीन हजार ७६.४४ मा ओर्लेको थियो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ विन्दुले घटेर ५६७.९९ मा ओर्लेको थियो ।

यस्तै यो साताको पहिलो दिन मंगलबार कारोबार हुँदा शेयर बजारमा गिरावट आएको थियो । मंगलबार शेयर बजार ५५ दशमलव ८९ अंकले घटेर ३,१२५ दशमलव ०१ को विन्दुमा कायम भएको थियो ।

मंगलबार ३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज फाइनान्स कम्पनी र निर्जीवन बीमा समूह बाहेक सबै उपसूचक घटेका थियो ।

मंगलबार दिनभरिमा २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १२ : ५२ बजे

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले