तालिबानको डरले गायन छोडी तरकारी व्यापार « Khabarhub

तालिबानको डरले गायन छोडी तरकारी व्यापार


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– करिब २० वर्षपछि अफगानिस्तानलाई तालिबानले पुनः आफ्नो नियन्त्रणमा लिएको छ । तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तानमा रहेका मानिसहरु डराइरहेका छन् । उनीहरु जति सक्दो चाँडो अफगानिस्तान छोड्न चाहन्छन् ।

यतिबेला अफगानिस्तानका एक प्रख्यात गायक हबीबुल्लाह शबाबको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्वीरमा उनी तरकारी बेच्दै गरेको देख्न सकिन्छ । तस्वीरमा तालिबानले कब्जा गरेपछि हबीबुल्लाहले गायन पेशालाई छोडेर तरकारी बेच्न थालेको उल्लेख गरिएको छ ।

असवाका न्यूज एजेन्सी नामको ट्वीटर हेण्डलमा गायकको तस्वीर शेयर गरिएको छ । जसमा उनी कालो रंगको कपडामा देखिएका छन् । उनको अगाडि धेरै तरकारी देखिन्छ । तस्वीरमा उनको छेउमा एक बच्चा पनि देखिन्छ ।

हबीबुल्लाह अफगानिस्तानको हेलमान्द प्रान्तमा बस्छन् । असवाकासँगको कुराकानीमा उनले अबको बाँकी समय गायन पेशालाई छोडेर सानो तरकारी पसल चलाउने उल्लेख गरेका छन् ।

तालिबानको कब्जापछि केही नाम चलेका कलाकारले अफगानिस्तान छोडिसकेका छन् । कतिपयले आफ्नो आफन्त गुमाएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ५ : ३१ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान