निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेले कानूनी उपचार खोज्ने « Khabarhub

निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेले कानूनी उपचार खोज्ने


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले पार्टी विभाजनविरुद्ध कानूनी उपचार खोज्ने भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीको विहीबार बसेको बैठकले एकीकृत समाजवादी पार्टीलाई दल दर्ताको प्रमाण पत्र दिने निर्वाचन आयोगको निर्णयको विरोधमा सर्वोच्च अदालत जाने निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहीबार बसेको एमाले केन्द्रीय कमिटीले माधव नेपाल समूहले दर्ता गराएको पार्टीको सनाखत प्रक्रियमा आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी प्रतिवाद गर्ने निर्णय गरेको गरेको हो ।

पार्टीले कारबाहीका निम्ति कारबाही गरेर त्यसको सूचना दिइसकेका व्यक्तिलाई समेत गणना गरेर सनाखत गराउने, अनुपस्थित भएका व्यक्तिहरुलाई पनि सनाखत गराउने लगायतका केही गतल कामहरु भएको एमाले प्रवक्ता प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

सभामुखले पार्टीले कारबाही गरेको पत्र अनुसार सूचना टास नगरेकोमा संसदीय अभ्यास अनुसारको बिरोध गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै, नयाँ पार्टीमा गएका नेताहरुलाई निष्कासन गर्दै पार्टीको अभिलेखबाट नाम हटाउने तथा निर्वाचन आयोगमा जानकारी गराउने र फर्किन चाहनेका लागि ढोका खुला राख्ने निर्णय गरेको उनले बताए ।

बैठकले १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए । बैठकले पार्टीको महाधिवेशन र बिधान अधिवेशन गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।

बैठकले संविधानले नै परिकल्पना नै नगरेको स्थानीय तहका पदाधिकारीहरुले पनि नयाँ दलमा जान सक्ने गरी अध्यादेशमा व्यवस्था गरेको भन्दै कुनै भ्रममा नपरी एमालेमा एकतावद्ध हुन अपिल गरेको प्रवक्ता ज्ञवालीले बताए ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ६ : ०५ बजे

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।