एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु « Khabarhub

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उखु पेल्न) थालेको छ । उद्योगले सोमबार यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो । गत वर्ष उद्योगले मङ्सिर २६ गते नै क्रसिङ थालेको थियो ।

गत वर्षभन्दा दुई साता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई भने उखु पर्याप्त पुगेको छैन । किसानले उखु काटेर  पुर्याउन नसक्दा उद्योगलाई उखु अपुग भएको हो ।

‘हामीले क्रसिङ खोल्यौँ, तर क्षमताअनुसार उखु निकै कम आएको छ’, उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले भने, ‘यसले गर्दा रोकीरोकी क्रसिङ गर्नुपरेको छ ।’ दैनिक ५५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता रहे पनि उद्योगमा पहिलो दिन १५ हजार क्विन्टल उखु आएको उनको भनाइ छ । उद्योगलाई कम्तीमा पनि घानमै ३० हजार क्विन्टल उखु चाहिने उनले बताए ।

किसानले अहिलेको मौसमको प्रतिकूलताले उखु कटानमा समस्या भएको बताएका छन् ।

सरकारले यसपालि गत मङ्सिर २२ गते उखुको मूल्य निर्धारण गरेको थियो । यस वर्षका लागि उद्योगले प्रतिक्विन्टल ६२० र सरकारले अनुदानबापत ७० रुपैयाँ दिने तोकेको छ । यो गत वर्षभन्दा ७० बढी हो ।

गत वर्ष उखुको मूल्य ५८५ र अनुदान ३५ रुपैयाँसहित किसानले प्रतिक्विन्टल ६२० रुपैयाँ पाएका थिए । यसपालिलाई उखुको मूल्य र अनुदानसहित ७५० पाउनुपर्ने माग राख्दै आएका किसानले थोरै भए पनि भाउ बढ्दा सन्तोष देखाएका छन् ।

जिल्लामा यसपालि नौ हजार ६०० बिघामा उखुखेती गरिएको छ । यसमध्ये पाँच हजार बिघाको खुट्टी (दोस्रो वर्षको बाली) र चार हजार ६०० बिघाको मुडन (पहिलो वर्षको बाली) रहेको उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाको भनाइ छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ११ : ३६ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना