लमजुङका चार पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन « Khabarhub

लमजुङका चार पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- नेपाली कांग्रेस  १४औँ महाअधिवेशनअन्तर्गत लमजुङका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ ।

शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मस्र्याङ्दीमा कृष्णबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा भिक्षा घले  सभापति चयन भएका हुन् ।

मर्स्याङ्दी, क्व्होलासोथर र दोर्दी गाउँपालिकामा सर्वसम्मत चयन भएका उनीहरु यसअघि पनि सभापति थिए भने दूधपोखरीका सभापतिमा चयन भएका गुरुङ जिल्ला कार्यसमिति सदस्य छन् ।

यहाँका चार नगरपालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ । बेँसीशहर, राइनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिकामा मतदान भएको हो ।

कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलका अनुसार मध्यनेपाल नेपालबाट वसन्तराज घिमिरे सभापतिमा निर्वाचित भएका छन् । राइनासमा भने मतदान सकिन लाग्दा मतपत्रमा त्रुटि  भेटिएपछि मतदान स्थगन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : २० बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा