तालिबानले अपहरण आरोपी चार जनाको शव सार्वजनिक स्थानमा झुन्ड्यायो « Khabarhub

तालिबानले अपहरण आरोपी चार जनाको शव सार्वजनिक स्थानमा झुन्ड्यायो


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा अपरहरणको आरोप लागेका चार जनाको हत्यापछि सार्वजनिक स्थलमा शव झुन्ड्याइएको छ ।

हेरात शहरमा तालिबानले चार सन्दिग्ध अपहरणकारीको शवलाई सार्वजनिक स्थानमा झुन्ड्याए सार्वजनिक गरेका छन् ।

तालिबानका कारागार प्रमुख मुल्ला नूरुद्दिन तुराबीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्टै हेरात शहरको एक चौरमा चार जनाको शव झुन्ड्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चार जनाको एउटा भिडन्तमा मृत्यु भएको हेरातका सहायक गभर्नर मौलवी शैर अहमद एमरले जनाएका छन् ।

गत अगस्ट १५ मा अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले नरम शासन गर्ने बताउँदै आएकोमा फेरि मृत्यु दण्डको सजाय शुरू गरिएकोमा मानव अधिकारवादीहरुले आलोचना गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ५९ बजे

धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति

गोदावरी– धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई

मधेश प्रदेशमा फेला पर्‍यो काँडेभ्याकुर

काठमाडौं– नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला

छानबिन समितिले सम्पत्तिबारे सोधेपछि सुधनले उल्टै भने : तपाईंको पनि छानबिन गरौँ

गोरखा- पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङले आफ्नो

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर– पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ

बागमती र कोशीका अधिकांश जिल्लामा सकियो रास्वपाको जिल्ला अधिवेशन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र कोशी प्रदेशका