जर्मनीमा आज निर्वाचन, मतपरिणाम आजै आउने « Khabarhub

जर्मनीमा आज निर्वाचन, मतपरिणाम आजै आउने


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मनीमा आज निर्वाचन हुँदैछ ।

आजै आउने मतपरिणामपछि १६ वर्ष चान्सलरका रुपमा सत्ता बागडोर सम्हालेकी एंगेला मर्केलको औपचारिक विदाई हुनेछ ।

६८ वर्षी चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरेकाले अब उनीपछिको उत्तराधिकारी को होला भन्ने चासो छ ।

चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एङ्गेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन ल्यानसेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालिना बेरबोकबीच प्रतिस्पर्धा हुँदैछ ।

जर्मनीमा ६ करोडभन्दा बढी मतदाता छन् । त्यहाँ प्रत्यक्ष र समानुपातिक गरी मिश्रित चुनाव प्रणाली छ । जर्मनीको तल्लो सदनमा ५ सय ९८ जना सदस्य चयन गर्नेछन् । तिनै सदस्यले बहुमतको आधारमा जर्मन चान्सलर चुन्नेछन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १० : १० बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी