कांग्रेस पालिका अधिवेशन : पोखरा महानगरपालिकाको मतगणना जारी « Khabarhub

कांग्रेस पालिका अधिवेशन : पोखरा महानगरपालिकाको मतगणना जारी


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – सत्तारुढ नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीका सबै पालिकामा अधिवेशन सम्पन्न भएका छन् । यसक्रममा चार गाउँपालिकामा नयाँ नेतृत्व चयन भएका छन् भने पोखरा महानगरपालिकाको सभापति पदका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना अहिले पनि जारी छ ।

अन्नपूर्ण र रुपा गाउँपालिकामा सर्वसम्मत र माछापुच्छे र मादी गाउँपालिकामा निर्वाचनद्वारा नेतृत्व चयन भएको थियो । मादीमा सभापतिमा यामबहादुर गुरुङ देविजंग गुरुङलाई एक मतले पछि पार्दै यामबहादुर निर्वाचित हुनुभएको काँग्रेसको निर्वाचन समितिले जनाएको छ । विजयी गुरुङले ९३ मत प्राप्त गर्दा प्रत्याशी देवीजंगले ९२ मत पाएका थिए ।

उपसभापतिमा लिला मोहन कुइकेल र कृष्ण चन्द्र बराल निर्विरोध निर्वाचित भए। सचिवमा भोज बहादुर गुरुङ र देवि जंग गुरुङ, सहसचिवमा तेज बहादुर रानाभाट र बोधनाथ ढकाल (राजु) निर्वाचित निर्वतमान सचिव भानु ढकालले जानकारी दिए । माछापुच्छे गाउँपालिकाको अधिवेशनबाट सभापतिमा वीरेन्द्र गुरुङ निर्वाचित भए। उनी विसं २०७४ को स्थानीय तहका निर्वाचनमा काँग्रेसबाट वडा नं १ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यसैगरी अन्नपूर्ण गाउँपालिका सभापतिमा दोस्रो कार्यकालका लागि मनपति भण्डारी निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिद्धयमा सुशील भट्टचन र गौमाया नेपाली निर्वाचित भएका छन्। यसैगरी सचिवमा कृष्णप्रसाद सुबेदी र विजय गुरूङ तथा सहसचिवमा धुव्र घले र मुक्ति गुरूङ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका अन्तरगतका वडा कार्यसमितिको नेतृत्व पनि यसअघिनै सर्वसम्मत चयन गरिएको थियो । रूपा गाउँपालिकामा सभापतिमा बिमलबाबु न्यौपाने, उपसभापतिमा गेसबहादुर गुरूङ र शंकरलाल श्रेष्ठ, सचिवमा बुद्धिबहादुर खड्का र र विकल ओझा, सहसचिवमा निर्मल केसी र विकास ओझा निर्वाचित भए।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १० : ४९ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा