कांग्रेस पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित | Khabarhub Khabarhub

कांग्रेस पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगरको नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छेले निर्वाचित भएका छन् ।

अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन् ।

बिजुक्छेले ४ सय १४ मत प्राप्त गर्दा सभापतिकै अर्का उम्मेदवार पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले २ सय ९, काँग्रेस नेता मिलनप्रसाद तिवारीले १ सय ५३, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले १ सय २७, पत्रकार ज्योति हमालले ११ मत ल्याएका छन् ।

यसैगरी, नगर उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी निर्वाचित भए । चुनावमा ६ प्रतिस्पर्धी थिए ।

सचिवमा टुवराज बास्तोला विशाल र गणेशबहादुर थापा निर्वाचित भएका छ्न् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ११ : ०४ बजे

चार दलले मधेसका मुख्यमन्त्रीलाई हटाउन प्रदेश प्रमुखसँग माग गर्दै

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई पदबाट हटाउन माग गर्दै

कैलाली र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं– कैलालीको गोदावरी नगरपालिका-१ अनामनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो

महाधिवेशनपछि एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्छ : घनश्याम भुसाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दशौँ महाधिवेशनपछि आफूहरूको

बजेटबारे संसद्‍मा एमालेको असन्तुष्टि, विष्णु पौडेलले भने : अर्थमन्त्रीले सल्लाह गरेनन्, सुझाव लिएनन्

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८१/८२ को

काठमाडौंबाट चार जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-६ बौद्ध महांकाल डेरा गरी बस्ने ओखलढुङगा मुलुङ