खाद्य, विज्ञान र प्रविधिको नवौं सम्मेलन काठमाडौँमा « Khabarhub

खाद्य, विज्ञान र प्रविधिको नवौं सम्मेलन काठमाडौँमा

फुड कन्फरेन्समा सहभागिताका लागि विद्यार्थीलाई दर्ता आव्हान


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खाद्य तथा पोषण अत्यन्त संवेदशनशील र महत्वपूर्ण कुरा हो । यस विषयमा पछिल्ला समयमा नेपालमा पनि धेरै प्रयोग, अध्ययन र नविनतम खोजी भइरहेका छन् ।

यसैक्रममा पछिल्लो ९ वर्षदेखि नेपालमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघको संयोजकत्वमा वार्षिक रुपमा फुड कन्फरेन्सको आयोजना गरिँदै आएको छ ।

यस विषयमा विशेषज्ञदेखि विद्यार्थी, व्यवसायी, शोधकर्ता अनि प्रयोगकर्तासम्म उत्साहित रुपमा सहभागी भएर आयोजना हुने यो राष्ट्रिय खाद्य सम्मेलनमा सहभागी हुन सबैलाई आमन्त्रण गरिएको छ ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, केन्द्रीय प्रविधि क्याम्पस धरान, बलियो नेपाल पोषण कार्यक्रम र वाइपी यार्ड एसिया प्यासिफिकको संयूक्त आयोजनामा हुने सम्मेलन असोज १५ र १६ गते काठमाडौँको एभरेष्ट होटल नयाँ बानेश्वरमा हुँदैछ ।

कार्यक्रममा खाद्य प्रविधिसँग समबन्धित कलेज र अन्तर्राष्ट्रिय शोधकर्ताको पनि उपस्थिति हुनेछ । याे वर्षको सम्मेलनमा भाग लिन भर्चुअल सेसनको समेत व्यवस्था गरिएको छ, । नेपालका जुनसुकै ठाउँमा रहेका विद्यार्थीले सहजै आफूलाई रजिष्टर गरेर प्रविधिमार्फत यो कन्फरेन्समा सहभागी जनाउन सक्नेछन् । रजिष्टरका लागि यो लिंकमा क्लिक गर्नुहोस्

कार्यक्रमका बारे गरिएको अन्तर्वार्तामा खबरहबसँग बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले स्वस्थकर जीवनशैलीका लागि खाद्यान्नको गुण अत्यन्त महत्वपूर्ण हुने बताए । यसका लागि उपभोक्तादेखि उत्पादक अनि शोधकर्ता सबैजनाको साझा बुझाई रहनुपर्ने उनको भनाइ छ ।

रायसँग गरिएको कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ११ : ४१ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको