काठमाडौँ– काठमाडौँको कपनस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालक उज्ज्वल विकको शव ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती किनारामा भेटिएको छ । गत सोमबार कपनस्थित ढलमा खसेका उनको शव एक हप्तापछि आइतबार फेला परेको हो ।
ललितपुर प्रहरी परिसरकी प्रमुख किरण ब्रजाचार्यले शवको पहिचान भएको जानकारी दिइन् । उनका अनुसार आतइबार बिहान शव फेला परेको थियो । शव फेला परेपछि प्रहरीले उज्ज्वलका परिवारलाई सम्पर्क गरेको थियो । परिवारबाट शवको सनाखत भएको ब्रजाचार्यले खबरहबलाई बताइन् ।
प्रहरीका अनुसार शवको पोस्टमार्टमका लागि पाटल अस्पताल लगिँदै छ।
प्रतिक्रिया