कांग्रेस स्थानीय तह अधिवेशन : कतै सर्वसम्मत, कतै निर्वाचन « Khabarhub

कांग्रेस स्थानीय तह अधिवेशन : कतै सर्वसम्मत, कतै निर्वाचन


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनको मतपरिणाम आउने क्रम जारी छ । देशका ६४ जिल्लामा शनिबार स्थानीय तहको अधिवेशन गर्ने भनिए पनि ९ वटा जिल्लामा भने अधिवेशन हुन नसकेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए।

उनले खबरहबसँग भने, ‘हिजे ६४ जिल्लामा अधिवेशन गर्ने कुरा थियो, तर ९ वटा जिल्लामा अधिवेशनको मिति सारिएको छ । ती मध्ये केही जिल्लामा यही ११ गते र १६ गते अधिवेशन हुन्छ ।’ अधिवेशन भएका स्थानीय तहको परिणाम केन्द्रमा आइनसकेको उनले जानकारी दिए ।

केही स्थानीय तहमा सर्वसम्मत भएको र केही स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा भएको उनले जानकारी दिए ।

सोमबार मतिपारिणाम आएको एकमात्र महानगरपालिका पोखराको सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् । उनले नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष गंगाधर पराजुलीलाई पराजित गरेका छन् । विजुक्छे वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।

स्थानीय तहको मतपरिणाममा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच प्रतिस्पर्धा भएको छ । मतपरिणाम मिश्रित आएको छ । तर, परम्परागत रुपमा पौडेल पक्ष बलियो रहेको कर्णालीको दैलेख जिल्लामा देउवा समूह हावी देखिएको छ । सोमबार बिहानसम्म जिल्लाका ११ मध्ये ५ स्थानीय तहको परिणाम आउँदा पाँचैमा देउवा समूहका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् ।

उता सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा विवादका बीच स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । सभापति देउवा इतर समूहले बहिस्कार गरेको स्थानीय तहको अधिवेशनमा देउवा निकट उम्मेदवारहरु नै विजयी भएका छन् । जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी निर्वाचित भएका छन् । अमरगढी नगर सभापतिमा खेमराज भट्ट्, अजयमेरु गाउँपालिकामा टेकराज पाण्डेय र नवदुर्गा गाउँपालिकामा भोजराज भट्ट निर्वाचित भएका छन् ।

त्यस्तै भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी र गन्यापधुरा गाउँपालिकाको सभापतिमा ईन्द्र कार्की बिजयी भएका छन् ।
यस्तै रुपन्देहीका १६ स्थानीय तहमध्ये ५ वटामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । अन्य स्थानीय तहमा निर्वाचन भएको छ ।

बुटवल उपमहानगरपालिकामा पौडेल पक्षका खेलराज पाण्डेय निर्वाचित भएका छन् । उनले देउवा पक्षीय उम्मेदवारलाई पराजित गरेका छन् । यस्तै देवदह नगरपालिकामा पौडल पक्षका गनाखर भुर्तेल सभापतिमा विजयी भएका छन् । अन्य स्थानीय तहमा भने देउवा निकट उम्मेदवार विजयी भएका छन् ।

विभिन्न जिल्लामा अहिले पनि मतगणना जारी रहेकाले मपरिणाम आउनेक्रम जारी छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १२ : ३३ बजे

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २

मनास्लु घुम्न आउने पर्यटकबाट चुमनुब्री गाउँपालिकाले गर्‍यो ८० लाख आम्दानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने