इजरायल रोजगारीका लागि १६ सयको नाम सिफारिस (सूचीसहित) « Khabarhub

इजरायल रोजगारीका लागि १६ सयको नाम सिफारिस (सूचीसहित)


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको नाम सिफारिस भएको छ ।

आइतबार इजरायलमा ‘केयरगिभर’मा जान चाहनेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

भाषा परीक्षा उतीर्ण गरी अन्तर्वार्तामा सहभागी भएकामध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथ्योरिटी (पीआईबीए) लाई सिफारिस गरेको विभागका महानिर्देशक दिपक काफ्लेले बताएका छन् ।

काफ्लेका अनुसार विभागले सिफारिस गरेको सूचीबाट पीआईबीएले कामदार छनोट गर्नेछ । छनोट गरेका व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौतापश्चात उनीहरु इजरायल जान पाउने छन् ।

यसका लागि अहिले छनोट भएका एक हजार ६ सयमध्येबाट एक हजार ४ सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १२ : ५३ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका