हुम्लाका चार गाउँपालिकामा कांग्रेस नेतृत्व चयन « Khabarhub

हुम्लाका चार गाउँपालिकामा कांग्रेस नेतृत्व चयन


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– सात गाउँपालिका रहेको हुम्लामा नेपाली कांग्रेसको गाउँपालिकास्तरको अधिवेशन सुरु भएको छ । शनिबार बिहानबाट अहिलेसम्म चार गाउँपालिकामा सर्वसम्मतबाट नेतृत्व चयन गरिएको छ ।

सिमकोट, नाम्खा, खार्पुनाथ र ताँजकोट गाउँपालिकामा सहमतिका आधारमा सभापति चयन गरिएको नेपाली कांग्रेसले जानकारी दिएको छ ।

ताँजकोटमा कृष्ण मल्ल, खार्पुनाथमा टक्क शाही, सिमकोटमा धर्मराज रोकाया र नाम्खामा सुनामबहादुर लामा सभापतिमा सर्वसम्मत चयन भएको बताइएको छ । यस्तै अदानचुली गाउँपालिकामा सर्वसहमतिबाट नेतृत्व छनोट गरिने भनिए पनि सहमति जुट्न नसकेको जनाइएको छ।

यसैगरी चङ्खेली र सर्केगाड गाउँपालिकामा अधिवेशन सुरु नभएको बताइएको छ । गाउँपालिकाभित्र रहेका वडाका आधारमा २३ देखि ४५ जनासम्म अधिवेशनबाट नेतृत्व चयन गरेर निर्वाचित गरिएको जानकारी प्राप्त भएको छ । सिमकोट गाउँपालिकामा यसअघि नै सभापतिमा धर्मराज रोकायालाई सर्वसहमतिबाट निर्वाचित गरिएको छ । रासस

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ३ : ४७ बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु