अनअराइभल भिसाको व्यवस्थाप्रति होटल व्यवसायी उत्साहित « Khabarhub

अनअराइभल भिसाको व्यवस्थाप्रति होटल व्यवसायी उत्साहित


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने सरकारी निर्णयबाट होटल उद्योग व्यवसायीहरु उत्साहित भएका छन् ।

विश्व पर्यटन दिवसको अवसरमा होटल सङ्घ नेपाल (हान) ले आज विज्ञप्ति जारी गर्दै लामो समयसम्म थला परेको पर्यटन उद्योगको प्रोत्सान हुने गरी सरकारले पर्यटकलाई अनअराइभले भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नुनपर्नेजस्ता कार्यबाट होटल व्यवसायी उत्साहित भई सम्पूर्ण सेवाहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको हो ।

सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने र क्वारेन्टिन बस्नुनपर्ने व्यवस्था गरिएको छ । यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको व्यवसायीले महसुस गरेका छन् ।

साथै विदेशबाट खोपको पूर्ण मात्रा पूरा गरी भ्रमणमा आउने पाहुनालाई खोपको मात्रा पूरा भएका होटल क्षेत्रका करिब ९५ प्रतिशतभन्दा बढी अग्रपङ्क्तिमा रही खटिने कार्मचारी तथा कामदारबाट सेवा सुविधा उपलब्ध हुने हानले जनाएको छ । विश्व पर्यटन दिवस २०२१ को अवसरमा सेवा सुविधा उपलब्ध गराउन सम्पूर्ण होटल व्यवसायीले पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुुलुकमा पहिलो वा दोस्रो गरी करिब ४० प्रतिशतभन्दा माथि नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा अन्तर्राष्ट्रिय जगत्मा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिदिन पनि व्यवसायीले अनुरोध गरेका छन् । सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजीकरण गर्न हानले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : ५० बजे

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै