डोटीका नौ वटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न | Khabarhub Khabarhub

डोटीका नौ वटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।

शनिबार र आज सम्पन्न भएका पालिकाका अधिवेशनमा सात पालिकामा सर्वसम्वत पदाधिकारी चयन भएका छन् भने दुईवटा पालिका बडिकेदार तथा बोगटान फुड्सिल गाउँपालिकामा निर्वाचन भएको छ ।

जसअनुसार दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, पूर्वीचौकी गाउँपालिमा बलबहादुर खड्का, सायल गाउँपालिकामा तेजराज ओझा र आदर्श गाउँपालिकामा चन्द्रनाथ ओझा सभापति रहेका छन् ।

केआइसिंह गाउँपालिमा अर्जुनबहादुर बलायर, जोरायल गाउँपालिकामा मोहनराज मल्ल, बडिकेदार गाउँपालिकामा करुणाकर जोशी तथा आज भएको निर्वाचनबाट बोगटान फुड्सिल गाउँपालिकामा खडकसिंह बोहरा विजयी भएका छन् ।

जोशी वीरेन्द्र कोड्केनीलाई पराजित गरी मतदानबाट विजयी हुनुभएको हो भने बोहरा बोगटान फुडसिल गाउँपालिकामा शेरबहादुर बम र चक्र केसीलाई पराविजत गरी बिजयी भएको कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ ।

नौ वटै पालिकामा सौर्हादपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएको कांग्रेस जिल्ला सभापति प्रदीपकुमार देउवाले बताए । उनले भने, “सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएका छन् ।”

यसअघि जिल्लाका ६५ वडामध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन भएको थियो । जिल्लाका सायल गाउँपालिका वडा नं १ र ५ तथा जोरायल गाउँपालिका–३ मा वडामा निर्वाचन भएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : ०४ बजे

मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा

काभ्रेपलाञ्चोक– मनसुनजन्य विपद्मा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका

ताप्लेजुङमा तीन सातापछि हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङमा तीन सातापछि  हवाई उडान भएको छ । खराब

‘कुलिङ पिरियड’ छानबिन विशेष समितिलाई २१ दिनको समयावधि

काठमाडौं– संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष

संसद् बैठक : राप्रपाको बहिष्कार, रास्वपा वेल घेराउमा

काठमाडौं– भिजिट भिसा प्रकरण छानबिनका लागि समिति गठनको माग गर्दै