रमणीय नेपालमा जावा मोटरसाइकलको गर्जन « Khabarhub

रमणीय नेपालमा जावा मोटरसाइकलको गर्जन


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जावा मोटरसाइकलले नेपालका लागि ब्राण्डको आधिकारिक वितरक अग्नि मोटोइंक प्रालिसँग मिलेर शनिबार नेपालमा पहिलो पटक आमन्त्रणात्मक मोटरसाइकल यात्राको आयोजना गरेको छ ।

क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा नेपालको रमणीय दृश्य घुमाउँदै देशभरका जावा समुदायका चालकहरू, पत्रकारहरू र प्रभावशालीहरूसँगै यात्रा गरेका थिए ।

नेपाल भारतीय उपमहाद्वीपभर प्रिमियम दुई पाङ्ग्रेको बजारको रुपमा उदाउँदै आएको छ र यसले जावा मोटरसाइकलका लागि महत्वपूर्ण अवसरको प्रतिनिधित्व गर्दछ । जावा मोटरसाइकलले हाल नेपालमा जावा, जावा ४२ र जवा पेराक मोटरसाइकलको बिक्री वितरण गर्दै आएको छ ।

“हामी नेपालमा उपस्थित भएको एक वर्षभन्दा बढी भएको छ र यहाँ मोटरसाइक्लिङ गर्ने समुदायबाट प्राप्त स्नेह साँच्चिकै उत्साहजनक रहेको छ,” क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले भने, “नेपालमा सवारी यात्रा गर्न पाउँदा रोमाञ्चित भयौं । नेपाल रमणीय सुन्दर देश हो । आज देशभरका जावा प्रेमी साथीहरूसँग सवारी गर्नु एउटा गजबको अनुभव थियो । सडक र रमणीय स्थानहरूले निश्चित रूपमा जावा मोडेलको आकर्षण र सम्भाव्यतालाई अझ बढाउन सक्छ ।”

“हाम्रा स्थानीय वितरण साझेदार अग्नि मोटोइंकले स्थानीय रूपमा जावा ब्रान्डको प्रतिनिधित्व गर्छ र उनीहरूले देशका सबै क्लासिक मोटरसाइकल प्रेमीहरूलाई अतुलनीय सवारी र स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई समर्थन गर्छ । हाम्रो हृदयमा नेपालका लागि विशेष स्थान छ । हामी यस सुन्दर देशमा हाम्रो समुदाय (कोम्युनिटी) वृद्धिका लागि तत्पर छौं,” उनले थपे ।

क्लासिक लेजेन्ड्सले विगत तीन वर्षदेखी भारतमा जावा ब्रान्डको मोटरसाइकललाई सफलतापूर्वक स्थापित गरिसकेको छ र आफ्नो आधारलाई विस्तार गर्ने योजना बनाएको छ । नेपालमा ब्राण्डलाई अझ बढी सुदृढ तुल्याउने र भारतमा जस्तै जावा प्रेमीहरूको मन जित्ने कम्पनीको आशा छ ।

देशभर र बाहिर जावा समुदाय (जावा कोम्युनिटी)को निर्माण र स्थापना जावाको यात्राको अभिन्न हिस्सा भएको छ । जावा राइडरहरूले सधैं नयाँ भूभागहरू अन्वेषण गर्ने र ब्रान्डसँग नयाँ अनुभवहरू प्राप्त गर्ने अवसरहरू खोजिरहेका हुन्छन् । नेपालको जावा समुदायले प्राप्त गरेको लगाव र स्नेहले ब्रान्डको विस्तार गर्ने क्षमताको विश्वासलाई बलियो बनाएको छ ।

यस ब्राण्डले नेपालका प्रमुख सहरहरू जस्तै काठमाडौं, पोखरा, बिर्तामोड, बिराटनगर, इटहरी, धरान, लहान, वीरगन्ज, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज, दाङ, सुर्खेत र बाग्लुङ्गमा सफलतापूर्वक डिलरसिप स्थापना गरेको छ । भविष्यमा थप विस्तार गर्ने योजना रहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ७ : २७ बजे

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना