‘ग्लोबल एसएमई अवार्ड’बाट मुक्तिनाथ विकास बैंक सम्मानित « Khabarhub

‘ग्लोबल एसएमई अवार्ड’बाट मुक्तिनाथ विकास बैंक सम्मानित


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम –आईएफसी) तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको ‘जी–२० ग्लोबल पार्टनरसीप फाइनान्सियल इन्क्लुसन’बाट मुक्तिनाथ विकास बैक ‘ग्लोबल एसएमई अवार्ड २०२१’द्वारा सम्मानित भएको छ ।

साना तथा लघुवित्त क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको आयोजक संस्थाले जनाएको छ ।

सो कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरिका विभिन्न संघ संस्थाहरू प्रतिस्पर्धामा सहभागी भएका थिए ।

साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पुर्‍याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई ‘एसएमई फाइनान्सियर अफ द इयर एसिया’ विधामा सम्मानित गरिएको हो ।

उक्त सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नका लािग उत्साहित बनाएको छ । बैंकले यसअघि ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ हासिल गरेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ७ : ४१ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल