सुरक्षा रेटिङमा टाटा माइलस्टोन साबित | Khabarhub Khabarhub

सुरक्षा रेटिङमा टाटा माइलस्टोन साबित


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आधुनिक प्रविधिले मानव जीवनलाई सहज र छिटो बनाइदिएको छ । सहज जीवनका अनेक आवश्यकतामध्ये सवारी साधन एक मुख्य आवश्यकता भएको छ ।

सवारी साधन आधुनिक जमानाको सुविधायुक्त वस्तु मात्रै रहेन अब, सुरक्षाको जरुरी साधन पनि भई नै सक्यो ।

सवारी साधनका ब्रान्ड र ढाँचाकाँचा अनेक–अनेक उपलब्ध छन्, बजारमा । तर, ग्राहकहरूको रोजाइमा सधैं आकर्षक र सुरक्षित साधन मात्रै पर्ने गर्छन् । पछिल्लो समय सुरक्षित यात्रा भन्नेबित्तिकै ग्राहकले झट्टै सम्झने गर्छन्– टाटाका कारहरू ।

भर्खरै टाटा ‘पन्च’ ले सुरक्षा परीक्षणमा ग्लोबल एनक्याप फाइभ–स्टार पाएपछि टाटाका उत्पादन सुरक्षित रहेको थप प्रमाणित भएको छ । यो नतिजासँगै गाडीका पारखीहरूको ध्यान टाटातिर झनै तानिन थालेको छ । टाटाका गाडी सुरक्षाका दृष्टिले अब्बल रहेको कुरा अनुभवीहरूले बताउँदै आएका थिए ।

यसअघि नै पनि टाटा नेक्सन र टाटा अल्ट्रोजले ग्लोबल एनक्याप फाइभ–स्टार पाइसकेकै हो । टाटा ‘पन्च’ ले पनि फाइभ–स्टार पाएपछि ‘सुरक्षाको अर्को नाम टाटा’ बराबर साबित भएको छ । पछिल्लो समय सार्वजनिक खबरअनुसार सुरक्षा परीक्षणमा ४ वटा कारले फाइभ–स्टार रेटिङ पाएका छन् । र, सुखद कुरा के छ भने फाइभ–स्टार प्राप्त ती ४ कारमध्ये ३ वटा कार टाटाका उत्पादन रहेका छन् ।

सुरक्षाका हिसाबमा टाटा नेक्सन त्यो पहिलो भारतीय गाडी हो, जसले पाँच–तारे ग्लोबल एनक्याप प्राप्त गरेको थियो । ‘स्टेट अफ आर्ट टेक्नोलोजी’ अवधारणामा बनाइएको यो गाडी आकर्षक त छँदै छ, थप आरामदायी भएका कारण निकै तीव्र गतिमा बिक्री रेकर्डमा पनि अगाडि रह्यो । सुविधा र प्रविधिका कारण गाडीको पारखीहरू माझ यो गाडी दिनानुदिन लोकप्रिय हुँदै गएको हो ।

टाटा मोटर्सले आफ्ना कारहरूलाई आकर्षक सुविधासहित समसामयिक बनाउँदै नयाँ–नयाँ भेरियन्ट ग्राहकलाई पस्किरहने सदावहार सिद्धान्त बोकेको छ । यही सिद्धान्तको प्रतिबद्धताले नै टाटा अल्ट्रोजले नेसनल लन्चको बेलामै फाइभ–स्टार ग्लोबल एनक्याप एडल्ट रेटिङ पाएको हो । प्राप्त गरेको यही फाइभ–स्टारले नै अल्ट्रोजमा भएको सुरक्षा–सुविधालाई बलियोसँग पुष्टि गरिदियो ।

अल्ट्रोजले ग्राहकलाई सुपथ मूल्यमा गतिलो प्रिमियम सुविधाको अनुभव गर्ने विकल्प दियो, जसका कारण छोटो समयमै यो सबैको प्रिय बन्न सफल भयो । स्टालिइस डिजाइन र सुगमतालाई ग्राहकहरूले काफी सराहना गरे नै । योभन्दा खुसीको कुरा– सुरक्षाको श्रेणीमा अल्ट्रोजले प्रमाणित गरिरहेको सर्वश्रेष्ठतालाई सर्वत्र प्रशंसा गरियो ।

टाटाका उत्पादनहरू सुरक्षाका दृष्टिले सर्वश्रेष्ठ रहेको पछिल्लो कडी बनिदियो– टाटा ‘पन्च’ । टाटा पन्चको उच्च प्रविधियुक्त सुविधालाई त ग्राहकहरूले मन पराइहाल्छन् नै । खासमा ‘पन्च’ लाई टाटाले भारत र नेपालको सबैभन्दा सुपथ मूल्यको एसयुभीको रूपमा स्थापित गर्न सक्छ । यो अर्को महत्त्वपूर्ण पक्ष हो ।

भारतीय बजारमा सुरक्षाका कोणबाट सबैभन्दा रुचाइएका टाटाका कारहरू पछिल्लो समय नेपाली बजारमा पनि अझै धेरै रुचाइनुलाई धेरैले सुखद रूपमा लिएका छन् । यस खुसीका पछाडि सुरक्षा परीक्षणमा टाटाका कारहरूले प्राप्त गरेको रेटिङले महत्त्वपूर्ण भूमिका खेलेको छ नै ।

फाइभ–स्टार र फोर–स्टार पाउनका लागि मोटर्स कम्पनीहरूले निकै मिहिनेत गर्ने गर्छन् । तर, सबै कम्पनी आफ्ना सबै उत्पादनमा सफल हुन्छ भन्ने छैन । टाटा मोटर्सले भने सुरक्षाका मामिलामा एकपछि अर्कोमा उच्च सफलता प्राप्त गर्नुले कम्पनीका लागि मात्रै होइन, उपभोक्ताहरूका लागि पनि भरपर्दो खुसी दिएको छ ।

यत्ति मात्रै होइन, अर्को खुसीको कुरा– सुरक्षाका मापदण्डका आधारमा टप ८ कारहरूमध्ये टप ६ कार त टाटाका मात्रै उत्पादनहरू छन् । सुरक्षाका दृष्टिले टाटाका अरु ३ वटा भेरियन्टले फोर–स्टार पाएका छन् । टाटा टियागो, टाटा टिगोर र टाटा टिगोर–इभीले पनि फोर–स्टार पाएसँगै टाटाका उत्पादनहरू सुरक्षाका कोणबाट भरपर्दो रहेको अनुभव ग्राहकहरूले गरेका छन् । कारहरूले फोर–स्टार पाउनु नै निकै महत्त्वपूर्ण मानिन्छ ।

टाटाका ३ भेरियन्टले फाइभ–स्टार र ३ भेरियन्टले फोर–स्टार पाएसँगै अग्रपंक्तिका ८ कारमध्ये ६ वटामा टाटाले कब्जा जमाएको छ । यी आँकडाले टाटाका कारहरू सुरक्षा परीक्षणमा माइलस्टोन साबित भएका छन् ।

टाटा आफ्ना उत्पादनको क्वालिटीमा कति धेरै गम्भीर छ भन्ने कुराको झन्–झन् पुष्टि भइरहेको छ । टाटाले आफ्ना कारहरूमा उपलब्ध गराएका अत्याधुनिक फिचरका साथै सुरक्षाको ग्यारेन्टीका कारण नेपाली बजारका ग्राहकहरू पनि ढुक्क छन्, टाटाका कारप्रति ।

तपाईं पनि नयाँ कार किन्नेबारे सोच्दै हुनुहुन्छ भने ग्लोबल एनक्याप फाइभ–स्टार/फोर–स्टार प्राप्त टाटाका कार लिएर आफ्नो जीवन थप सुरक्षित बनाउनुहोस् । र, हर पललाई आनन्दमय बनाउनुहोस् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ७ : ४६ बजे

राजतन्त्र ल्याउँछु भन्नु असम्भव : उपमहासचिव पोखरल

कटारी– नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले राजतन्त्र ल्याउँछु भन्नु

०८४ मा एक्लै भिड्ने घोषणा गरेका तीन दलले स्ववियुमै खुट्टा कमाए

काठमाडौं– आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने संघीय संसद्का तीन ठूला

युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ

एजेन्सी– रूसले साउदी अरबमा भएको वार्तापछि किएभ सहमत भएको युक्रेनमा

‘राजागंज’मा सेन्सर बोर्डको कैँची- प्रधानमन्त्री ओलीसम्बन्धी सबै संवाद हटाइयो, कालोगोरो भन्न पनि निषेध

काठमाडौं- नेपाल बाहिर प्रदर्शनमा आइसके फिल्म ‘राजागंज’ मा सेन्सर बोर्डले