मलेसियामा ११ सय भन्दाबढी नेपालीको मृत्यु « Khabarhub

मलेसियामा ११ सय भन्दाबढी नेपालीको मृत्यु

उच्च मृत्युदर बारे अध्ययन गरिने



दोहा : मलेसियामा साढे तीन बर्षको अबधिमा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

मलेसियाको मानव अधिकार आयोग (सुहाकाम) ले नेपाली श्रमिको उच्च मृत्युदर बारे अध्ययन गर्ने भएको छ ।

सुहाकमलाई त्यहाँस्थित नेपाल दूतावासले दिएको प्रतिवेदनलाई अध्ययन गर्दा त्यहाँ मृत्यु हुने नेपाली नागरिकको संख्यामा वृद्धि भएको जनाएको छ ।

सुहाकम कमिश्नर जेराल्ड जोसेफका अनुसार आयोगले नेपाली दूतावासबाट सूचना प्राप्त गरेको विवरणमा सन् २०१८ देखि जुलाई २०२१ को बीचमा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मलेसियामा मृत्यु भएको जानकारी दिएका छन् ।

यसरी मृत्यु हुनेहरु मध्ये बहुसंख्यकको मृत्युको कारण आत्महत्या,कार्यस्थल दुर्घटना निमोनिया, कोभिड १९ तथा अन्य रोगहरु रहेको स्थानीय सञ्चार माध्यम मालयमेलले जनाएको छ ।

नेपालीको उच्च मृत्युदर बारे अध्यनमा श्रम विभाग वा सुरक्षा विभाग र स्वास्थ्य विभागलाई पनि संलग्न गरिने कमिश्नर जोसेफले बताए । सुहाकमले पत्रकार सम्मेलन गर्दै मृत्युको कारण र यसमा को जिम्मेवार हुने भन्ने बिषयमा पनि अध्यनमा गर्ने जनाएको छ ।

उनका अनुसार आयोगले यस विषयमा नेपाली दूतावासका कर्मचारी र सम्बन्धित एजेन्सीहरूसँग थप जानकारी लिई अनुगमन गर्ने जनाएको छ।

मलेसियामा हरेक दिन एक जना नेपालीको मृत्यु हुने त्यहाँ क्रियासिल विभिन्न संघसस्था तथा श्रमिकहरुले बताउने गरेका छन् । मलेसिया नेपालजस्तै हावापानी र वातावरण भएको मुलुक हो । जहाँ करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : ३८ बजे

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार रेनु दाहालले