कसैले भन्दैमा राजीनामा दिन्नँ : प्रधानन्यायाधीश राणा « Khabarhub

कसैले भन्दैमा राजीनामा दिन्नँ : प्रधानन्यायाधीश राणा


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले जतिसुकै दबाब भएपनि राजीनामा नदिने बताएका छन् ।

मंगलबार १५ जना न्यायाधीशहरूसँगको सामूहिक भेटमा प्रधानन्यायाधीश राणाले कसैले राजीनामा माग्दैमा नदिने बताएका हुन् । सर्वोच्च अदालतमै एक्लीएका राणाले अदालतमा आएको भद्रगोलको आफूले जिम्मा नलिने समेत बताएका छन् ।

जबरालाई सामूहीक भेटेका १५ न्यायाधीशले भने न्यायालयको साख गिर्दो अवस्थामा पुगेकाले त्यसलाई माथि उठाउन राणालाई तत्काल मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । जवाफमा उनले विवादमा तानिएका सबै जना राजीनामाका लागि तयार भए आफू पनि त्यसका लागि तयार भएको बताएको जनाइएको छ ।

‘विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने मैले पनि राजीनामा दिन्छु । सडकको आवाजका भरमा राजीनामा दिने हो भने न्यायपालिका बच्न सक्दैन,’ राणाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

राणाले आफू  संवैधानिक बाटोबाट आएकाले बाहिरिँदा पनि संविधानको व्यवस्थाअनुसार नै बाहिरिने जनाएका छन् । उनले बरु महाअभियोगको सामना गर्न तयार रहेको संकेत गरेको स्रोतले जनाएको छ ।

स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जवरामाथि  कयौँ भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा तथा न्यायपालिकाको सुधारमा नलागेर सत्ता चलाउन भागवण्डा खोजेको आरोप लागेपछि न्यायीक वृत्तबाटै उनको राजीनामा मागिएको छ ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : ०५ बजे

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई