राजीनामा नदिने राणाको अडानपछि सर्वोच्चका १५ न्यायाधीशको छुट्टै बैठक « Khabarhub

राजीनामा नदिने राणाको अडानपछि सर्वोच्चका १५ न्यायाधीशको छुट्टै बैठक


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले जतिसुकै दबाब भएपनि राजीनामा नदिने बताएपछि सर्वोच्च अदालतका १५ न्यायाधीश छुट्टै छलफलमा जुटेका छन् ।

मंगलबार १५ जना न्यायाधीशहरूसँगको सामूहीक भेटमा प्रधानन्यायाधीश राणाले कसैले राजीनामा माग्दैमा नदिने बरु विवादमा तानिएका सबैले राजीनामा दिए आफू त्यसका लागि तयार रहेको  बताएपछि न्यायाधीशहरु फेरि छलफलमा जुटेका हुन् । वरिष्ठतम न्यायाधीश दीपक कार्कीको कक्षमा जारी १५ न्यायाधीशको छलफलमा अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्नेछ ।

छलफलमा सहभागी सर्वोच्च अदालतका एक न्यायाधीशले नाम नबताउने शर्तमा भने– प्रधानन्यायाधीश राणाले न्यायीक प्रक्रिया नै अवरुद्ध हुँदा समेत पद छाड्ने कुनै संकेत गर्नुभएन, उहाँलाई सबैले नेतृत्व मान्नै नसक्ने अबस्थामा समेत उहाँ त फैसलाको आधारमा त सबै दोषी होलान्, आफू एक्लैले किन छाड्ने, छाड्ने भए विबादित सबैले सामूहीक राजीनामा दिउँ भन्ने प्रकृतिको धारणा राख्नुभयो, उहाँमा न्यायीक संवेदनशीलता र जिम्मेवारीता केही पनि रहेनछ त्यसैले हामी आन्तरिक छलफलमा जुटेका छौँ,’ ती न्यायाधीशले  भने, ‘हामीलाई उहाँले नै मार्ग प्रशस्त गर्नुहुन्छ होला भन्ने लागेको थियो उहाँ त अझैपनि संस्थाको गरिमा जोगाउँने भन्दा प्रश्न सबैकाबारे उठेका छन्, सबै न्यायाधीशले राजीनामा दिए म पनि दिन्छु भन्नुहन्छ । उहाँमा संस्थाभन्दा व्यक्तिगत स्वार्थनै हाबी रहेछ, संस्थाको विश्वसनियता र गरिमानै नै डुब्न लाग्दासमेत कुनै जिम्मेवारीबोध नदेखिएकाले छलफलमै छौँ।’

छलफलमा वरिष्ठतम न्यायाधीश कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।

बिदामा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपनामल्ल प्रधान र तेजबहादुर केसी बुधबार दिउँसोसम्म भ्रमण छोट्याएर आइपुग्दैछन् । उनीहरुले पनि सामूहीक निर्णयमा ऐकेबद्धता जनाउने जानकारी गराइसकेको छन् ।

अमेरिकामा रहेका न्यायाधीश ईश्वर खतिवडाले पनि राणाले राजीनामा दिनुपर्ने सबै न्यायाधीशहरुको धारणामा सहमति जनाएका छन् । सर्वोच्च अदालतमै एक्लीएका राणा भने वर्तमान सत्तारुढ गठबन्धनले महाअभियोग या अन्य कदम नचाल्ने बचन दिएकाले राजीनामा नगर्ने अडान राख्दै आएका छन् ।

चौतर्फी दबाब र न्यायाधीशहरुले इजलास वहिष्कार गर्दा पनि प्रधानन्यायाधीश राजीनामा नदिने अडानमा पुगेपछि सर्वोच्च अदालतमा संकट देखिएको छ ।

स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जवरामाथि  कयौँ भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा तथा न्यायपालिकाको सुधारमा नलागेर सत्ता चलाउन भागवण्डा खोजेको आरोप लागेपछि न्यायीक वृत्तबाटै उनको राजीनामा मागिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : २३ बजे

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई