सेनाले जाजरकोटमा बनायो रातमा पनि अवतरण गर्ने मिल्ने हेलिप्याड « Khabarhub

सेनाले जाजरकोटमा बनायो रातमा पनि अवतरण गर्ने मिल्ने हेलिप्याड


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट-  जाजरकोटमा नेपाली सेनाले रातमा पनि हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ ।

सेनाको चन्दननाथ गणले श्रमदानसहित नौ लाखमा उक्त रात्रीकालीन हेलिप्याड निर्माण गरेको हो ।

चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेका अनुसार भेरी नगरपालिकाको सहकार्यमा हेलिप्याड निर्माण गरिएको हो । पटकपटक बाढी पहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएको जाजरकोटले उद्धार तथा व्यवस्थापनमा रुकुमको चौरजहारीस्थित विमानस्थल प्रयोग गर्दै आएको थियो । हेलिप्याड निर्माणसँगै अब जिल्ला भित्रबाट उद्धार तथा राहतका कामहरू रात्रीकालीन अवस्थामा सजिलै गर्न सकिने भएको छ ।

सुरक्षा एवं हेलिप्याडको हेरचाहका लागि सेना अग्रसर हुने भएकाले हेलिप्याड गणभित्र निर्माण गरिएको छ ।  श्री नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उक्त हेलिप्याड उद्घाटन गरी विधिवत रुपमा सञ्चालनमा ल्याइएको छ ।

अघिल्लो वर्ष बारेकोट गाउँपालिका–४ सार्कीटोलमा बाढी पहिरोबाट भएको मानवीय क्षतिको समयमा समेत सेना नै घटनास्थलमा पहिला पुगेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ४ : २५ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग