क्यान्सरमुक्त भए महेश « Khabarhub

क्यान्सरमुक्त भए महेश


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– प्रख्यात अभिनेता एवं फिल्म निर्माता महेश माञ्जरेकर क्यान्सरमुक्त भएका छन् । केही समयअघि क्यान्सरबाट पीडित महेश दुई महिनापछि क्यान्सरमुक्त भएका हुन् ।

दुई महिना अघि उनको सर्जरी गरिएको थियो । यो सर्जरी मुम्बईको एचएन रिलायन्स फाउण्डेसन अस्पतालमा गरिएको थियो । सर्जरीपछि उनी केही समय अस्पतालमा नै बसेका थिए ।

‘मैले ३५ किलो तौल कम गरेको छु । फिल्म ‘अन्तिम’को समयमा म क्यान्सर पीडित रहेको थाहा पाएँ । मैले फिल्मको अन्तिम भागको सुटिङ त्यो बेला गरें, जुन बेला मलाई क्यान्सर थियो र मेरो किमोथेरापी चलिरहेको थियो । तर म आज तपाईंहरुलाई यो कुरा सुनाउन पाउँदा हर्षित छु कि म क्यान्सरमुक्त भएँ’, महेशले फिल्म ‘अन्तिम’को ट्रेलर रिलिज कार्यक्रममा भने ।

उनले आफूलाई क्यान्सरको बारेमा थाहा पाउँदा डर नलागेको खुलाए । ‘धेरै मानिसहरु जसलाई क्यान्सर भएको छ, उनीहरु लड्छन र जिन्दगी जिउछन् । त्यसकारण यसले मलाई ठूलो समस्या दिएन । मेरो टिमले मेरो स्याहार गरिरहेको थियो । त्यसकारण मलाई कुनै समस्या आएन’, उनले भनेका छन् ।

महेशले सन् १९९२ मा रिलिज मराठी फिल्म ‘जीवा सखा’बाट आफ्नो करियर सुरु गरेका थिए । उनले मराठीका अलावा कैयौं हिन्दी फिल्ममा काम गरेका छन् । उनी ‘प्लान’, ‘जिन्दा’, ‘मुसाफिर’, ‘काँटे’, ‘दस कहानियाँ’, ‘वान्टेड’, ‘रेडी’ र ‘दबंग’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन् ।

उनले ‘आई’, ‘वास्तव’, ‘निदान’ र ‘विरुद्ध’ जस्ता फिल्मको निर्देशन पनि गरिसकेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  २ : २८ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि