जाजरकोटका २५ वडामा अधिवेशन सकियो, ५१ मा बाँकी « Khabarhub

जाजरकोटका २५ वडामा अधिवेशन सकियो, ५१ मा बाँकी


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- नेकपा एमाले जाजरकोटले दुई पालिकासहित २५ वडामा अधिवेशन सम्पन्न गरेको छ ।

पार्टी सदस्यता नवीकरणको काम नटुंगेका कारण बाँकी वडामा ढिला भएको नेता निरज आचार्यले बताए ।

उनका अनुसार बारेकोट गाउँपालिकाका नौ वडा, नलगाड नगरपालिकाका १३ वडा र भेरी नगरपालिका ८, ११, ४ र ३ नम्बर वडामा मात्र अधिवेशन भएका छन् ।

भेरीकै १, २, ५, ६, ७, ८, ९, १०, १२, नम्बर वडामा भने अधिवेशन हुन सकेन । भेरीमा नेकपा (एकीकृत समाजबादी) बलियो भनिएका ठाउँमा मात्र अगाडी वडा अधिवेशन सम्पन्न गरिएको छ । अन्य वडामा मंगलबार र बुधबार अधिवेशन गर्ने तयारी छ । सबैभन्दा बढी फुटको प्रभाव रहेका वडा भेरी नै हो ।

यस्तै कुशे गाउँपालिकाभित्रका नौ वडा, छेडागाड नगरपालिकाका १३ वडा, शिवालय गाउँपालिकाका नौ वडा, जुनीचाँदे गाउँपालिकाका ११ वडा  र छेगाडाड नगरपालिका १३ वटा वडमा अधिवेशन हुन बाँकी रहेको नेता डम्बरबहादुर सिंहले बताए ।

नलगाड नगरपालिका र बारेकोट पालिका स्तरीय अधिवेशन आज गर्न लागेको नेता सिंहले बताए । जाजरकोटमा सात पालिकामा ७७ वडा छन् । ७७ मा २६ वडामा मात्र आज अधिवेशन भएको छ । सदस्यताको समस्या समाधान नभएसम्म सबै ठाउँमा अधिवेशन सम्पन्न नभएको नेता सिंहले जानकारी दिए ।

नेकपा एमाले डोल्पाका नेता लंकबहादुर रोकायका अनुसार डोल्पोबुद्ध गाउँपालिका बाहेक अन्य सबै पालिकामा वडाअधिवेशन सकिएको छ । आज मुड्केभचुला गाउँपालिकामा गाउँकमिटि गठन हुँदै गरेको उनले बताए । डोल्पामा आठ स्थानीय तह रहेका छन् ।

ठुलीभेरीका ११, त्रिपुरासुन्दरीका ११, शे–फोक्सुण्डो नौ, जगदुल्ला ६, मुड्केचुला नौ, काइकेमा सात र छाकाताङसुङ ६ वडामा अधिवेशन भइसकेको उनले बताए । डोल्पोबुद्ध गाउँपालिकाका ६ वडामा हुन सकेको छैन । पार्टी सदस्यताको समस्या समाधान नभएकाले त्यहाँ अधिवेशन हुन नसकेको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ४ : १० बजे

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई