मंसिर भित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन देउवाको निर्देशन (भिडियो) « Khabarhub

मंसिर भित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन देउवाको निर्देशन (भिडियो)


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले मंसिर मसान्तभित्र पार्टीको महाविधेशन सम्पन्न गर्ने गरी कार्यतालिका मिलाउन निर्वाचन समितिलाई निर्देशन दिएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समिति सहित बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले अन्य अधिवेशन समयमा नै सम्पन्न हुने गरि मंसिर मसान्तसम्म पार्टीको केन्द्रीय महाविधेशन सम्पन्न गर्नका लागि आवश्यक कार्यतालिका बनाउन निर्देशन दिएको हो । बैठकले छठपछि बाँकी रहेका जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिरभित्रै महाधिवेशन गर्ने गरी सम्पूर्ण कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएको बताए ।

उनले मंसिरभित्र महाधिवेशन सम्पन्‍न गर्ने गरी कार्यतालिका बनाउन पार्टी सभापति शेर बहादुर देउवाले निर्देशन दिएको समेत जानकारी दिए । कार्यतालिकामा हेरफेर गर्न र महाधिवेशन तयारीका लागि केन्द्रीय कार्यसमिति बोलाउन माग गरिएको उनले बताए ।

पौडेलले फरक प्रसंग न्यायलयमा बनेको असहज परिस्थिति चिन्ताजनक भएको पनि बताएका छन् ।

कांग्रेसले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने मिति तोकेको छ । तर कांग्रेसको तल्ला तहको अधिवेशन हुन नसक्दा महाधिवेशन मंसिरको अन्तिम सातामात्रा हुने सम्भावना बढेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ६ : ३४ बजे

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश