यमनमा ८५ विद्रोही मारिएको गठबन्धनको दाबी « Khabarhub

यमनमा ८५ विद्रोही मारिएको गठबन्धनको दाबी


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना– यमनमा राष्ट्रसंघद्वारा मान्यता पाएको सरकारको सहयोगमा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले मङ्गलबार रणनीतिक सहर मारिब नजिकै हवाई हमला गर्दा कम्तीमा ८५ हुथी विद्रोहीको ज्यान गएको बताइएको छ ।

साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीका अनुसार गठबन्धनले विगत २४ घण्टामा मारिबको दक्षिणी भागमा अल–जाबा र ुहरबाट ३० किलोमिटर उत्तरपश्चिममा अल–कासरामा गरेको हवाई आक्रमणबाट विद्रोहीले प्रयोग गर्दै आएका ‘नौ वटा सैनिक गाडीहरू ध्वस्त भएका र ८५ विद्रोहीहरू मारिएका छन् ।

इरान समर्थित यमनी हुथीहरूले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । यमनमा अरब स्प्रिङको विद्रोहपछि यमनमा स्थिरता ल्याउने अनुमान गरिएको राजनीतिक परिवर्तनको असफलतामा यस द्वन्द्वको जरा रहेको छ ।

यमनमा लामो समयदेखि सत्तामा रहेका तत्कालीन राष्ट्रपति अली अब्दुल्ला सालेहलाई सन् २०११ मा आन्दोलनका बलमा अब्द्रब्बु मनसुर हाडीलाई सत्ता सुम्पन बाध्य पारिए पनि त्यहाँको शान्ति प्रक्रियाले पूर्णता पाउन सकेको छैन । पछिल्लो समय यमनी पूर्व राष्ट्रपति सालेहलाई हटाउनु गलत भएको भन्ने स्वरहरू पनि बलियो बन्न थालेका छन् । एएफपी

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ८ : १५ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम