लेवनानमा नेपाली शान्ति सेनाको सामाजिक सेवा « Khabarhub

लेवनानमा नेपाली शान्ति सेनाको सामाजिक सेवा


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घ ७६औँ स्थापना दिवसका अवसरमा लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकले विभिन्न जनहित कार्य गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लेवनानमा तैनाथ बर्दबहादुर गण शान्ति सेना ६२औँ डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्रका जनतालाई स्वास्थ्य, शिक्षा, वातावरण र आर्थिक क्षेत्रमा सहयोग पुर्‍याएको हो ।

नेपाली सैनिकको चिकित्सक टोलीले स्थानीय हउला र माज्दल स्लिम नगरपालिकास्थित सरकारी विद्यालयमा दाँत र मुखको हेरचाहसम्बन्धी सचेतना कक्षा सञ्चालनका साथै झण्डै २०० विद्यार्थीलाई शैक्षिक सामग्री र डेण्टल हाइजिन कीट प्रदान गरेको छ ।

‘हरियाली लेवनान’ अभियानअन्तर्गत स्थानीय तलुसा नगरपालिकामा जैतुन र सल्लाका बिरुवा तथा साक्रा र माज्दल स्लिम नगरपालिकामा स्थानीय हाटबजार लाग्ने करिब ४०० मिटर सडकमा रङरोगनसहितको करिडोर निर्माण गरेको सेनाले जनाएको छ ।

नेपाली शान्ति सैनिकले द्वन्द्वग्रस्त मुलुकको अति संवेदनशील इलाकामा तैनाथ रही आफ्नो कार्य जिम्मेवारीको अतिरिक्त नागरिकलाई पुर्‍याएको मानवीय सहयोगले समुदाय र शान्ति सैनिकबीच विश्वास एवं सम्बन्ध थप प्रगाढ तुल्याउन योगदान पुगेको बताइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : ४० बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली