बालकको देश प्रेम : प्रेरक प्रसङ्ग « Khabarhub

बालकको देश प्रेम : प्रेरक प्रसङ्ग


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक स्वामी विवेकानन्द विदेशमा स्याउ किनिरहेका थिए । पसलेले उनलाई नराम्रो स्याउ दिइहरेको थियो ।

एउटा बालकले यो सब देखिरहेको थियो । जब विवेकानन्द हिँड्न लागे तब उसले तुरुन्त विवेकानन्दसँग प्रार्थना गर्‍यो, तपाईं यो स्याउ मलाई दिनुस् र यसको मूल्य मबाट फिर्ता लिनुस् ।

विवेकानन्दलाई त्यो बालकको व्यवहार अनौठो लाग्यो । उनले कारण सोधे तब त्यो बालकले भन्यो, यो स्याउ बिग्रिएको छ । यस्तो स्याउ किनेपछि तपाईं आफ्नो देशमा गएर मेरो देशको बारेमा नराम्रो कुरा सुनाउनुहुनेछ, यो मेरो लागि कलंकको कुरा हुनेछ ।

विवेकानन्द उसको देश प्रेम देखेर छक्क परे । उनले भने-मलाई तिम्रो देश प्रेममा गर्व छ । म तिम्रो देशको बारेमा कसैसँग नराम्रो कुरा गर्नेछैन । बरु आफ्ना देशका मानिसलाई भन्नेछु कि यो देशका बच्चा बच्चा देश प्रेमी छन् ।’

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ६ : ०४ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार