कांग्रेस खोटाङको मतगणना स्थगित « Khabarhub

कांग्रेस खोटाङको मतगणना स्थगित


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाली कांग्रेस खोटाङको मतगणना स्थगित भएको छ । बिहीबार राति मतगणनाका क्रममा विवाद भएपछि गणना रोकिएको हो ।

जिल्ला सभापतिका उम्मेदवार सर्वधन राई समूहले मतपत्र दुई खालको भेटिएको भन्दै आवाज उठाएपछि मत गणना स्थगित भएको हो ।

मतपत्रका विषयमा असन्तुष्टि जनाउँदै सर्वधनको समूहले जिल्ला निर्वाचन अधिकृतको कार्यालय समक्ष निवेदन दर्ता गराएको छ ।

१ हजार ३२२ मत खसेकामा १ हजार १०० मत गणना हुँदा सभापतिका उम्मेदवार विष्णुकुमार राईले ८० मतले अग्रता लिएका थिए । पौडेल निकट राईले ५७१ मत पाउँदा देउवा निकट सर्वधनले ४९१ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ६ : ३० बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन