महाधिवेशनले चुनावमा बहुमत हासिल गर्ने संकल्प लिनेछ : भट्टराई « Khabarhub

महाधिवेशनले चुनावमा बहुमत हासिल गर्ने संकल्प लिनेछ : भट्टराई


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन महाधिवेशन लगत्तै एमाले चुनावको तयारीमा जाने बताएका छन् ।

१०औँ महाधिवेशनको उद्घाटन अघि शुक्रबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘यो हप्ता हामी महाधिवेशनमा छौँ, अर्जुनदृष्टि यसैमा छ । महाधिवेशनपछि ‘जसरी महाभारतमा अर्जुनले दृष्टि लगाए’, त्यसरी एमालेको दृष्टि अब चुनावमा हुन्छ ।’

महाधिवेशनले पार्टीलाई एकतावद्ध बनाउने र आगामी तीन तहकै चुनावमा एमालेले बहुमत हासिल गर्नेगरी महाधिवेशनबाट संकल्प लिइने उनले बताए ।

महाधिवेशनको विशेष सन्देश रहनेछ । यो महाधिवेशना सहमति र एकताको महाधिवेशन हो । अन्तरविरोधलाई मैत्रीपूर्ण ढंगबाट समाधान गर्दै एमालेलाई देशको कम्युनिष्ट आन्दोलनको एकमात्र पार्टीका रूपमा स्थापित गरिनेछ,’ उनले भने ।

एमालेलले नीति महाधिवेशनबाट आफ्नो नीति, विधान र कार्यदिशा पास गरिसकेको भट्टराईले स्मरण गराए ।

‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै यसको मार्गनिर्देशनमा समाजवादको आधार निर्माण गर्ने एमालेको कार्यदिशा हो,’ उनले भने, ‘नेपालका राजनीतिक दलमा यो सबैभन्दा उन्नत र सबैभन्दा समृद्ध कार्यदिशा हो, अब हामी त्यतातिर जान्छौँ । महाधिवशेनबाट सबै प्रतिनिधिलाई कार्यदिशाबारे बुझाउनेछौँ,’ उनले भने ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १० : ३३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९