सशक्त र एकताबद्ध एमाले निर्माण गर्छौं : शंकर पोखरेल « Khabarhub

सशक्त र एकताबद्ध एमाले निर्माण गर्छौं : शंकर पोखरेल


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले एकताका साथ महाधिवेशनमा होमिएको बताएका छन् ।

दशौं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी कार्यकर्ताहरूलाई शुभकामना दिँदै पोख्रेलले भने, ‘पार्टी एकताबद्ध र एकढिक्का छ । यतिबेला नेतृत्वप्रति असहमति प्रदान गर्ने कुरा पार्टी र आन्दोलनको हितमा हुँदैन ।’

विगतका महाधिवेशनमा जस्तो यसपटक कोही पनि समूहगत रूपमा विभाजित नभएको भन्दै पोखरेलले महाधिवेशनले सशक्त र एकताबद्ध एमाले निर्माण हुने बताए ।

‘हामी कुनै विचार समूहमा विभाजित भएका छैनौं । महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण गर्दैंछौं’, पोखरेलले भने, ‘कार्यकर्ताहरूले दिएको म्यान्डेटअनुसार हामी अगाडि बढेका छौं । कार्यकर्ताहरूको म्यान्डेटविपरीत हामी अगाडि बढ्दैनौँ ।’

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ११ : १६ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९