‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’को तयारी « Khabarhub

‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’को तयारी


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वुमेन्स एरा एण्ड मिडिया ग्रुपको आयोजनामा ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’को दोस्रो संस्करण हुने भएको छ । अवार्डका लागि आयोजकले आवदेन आव्हान गरेका छन् । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गरिएको अवार्डका लागि आवेदन आव्हान गरिएको हो ।

अवार्ड संयोजक गीता अधिकारीका अनुसार आगामी माघको दोस्रो साता हुने अवार्डका लागि मंसिर १० गतेबाट आवेदन फारम खुला गरिएको छ । अवार्डमा राष्ट्रिय भावका गीतसँगै पप, फिल्मी गीत, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको छ ।

आयोजक संस्थाका अध्यक्ष गणेश सुवेदीले अवार्डमा साहित्य विधातर्फ पनि अवार्ड प्रदान गरिने बताए । उनका अनुसार सन् २०२१ जनवरी १ देखि २०२१ डिसेम्बर ३० सम्म (एक वर्ष भित्रमा) बजारमा आएका उत्कृष्ट कथा, उपन्यास, निवन्ध, र नियात्रालाई अवार्ड प्रदान गरिने छ ।

आयोजक समितिका निर्देशक भीष्मराज फुलाराले यही अंग्रेजी वर्ष भित्रमा बजारमा आएका गीत तथा भिडियोहरूलाई अवार्डमा समावेश गरिने उल्लेख गर्दै गीत तथा सिर्जनाहरू दर्ता गर्नको लागि आवेदनको अन्तिम म्याद पौष २५गते सम्मको लागि निर्धारण गरिएको बताए ।

अवार्डमा लाईफ टाइम अचिभमेन्ट अवार्ड, संगीतकर्मी विशेष सम्मान र पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १२ : ५७ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र